मगर महिला संघ कास्कीमा मनकुमारी पुन

Read Time:2 Minute, 39 Second

अध्यक्ष खासुलाई  खाडा ओढाएर स्वागत गरिदै

नेपाल मगर महिला संघ जिल्ला समिति कास्कीको चौथो महाधिवेशन  जिल्ला समिति कास्कीका अध्यक्ष मन कुमारी पुनमगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो । नेपाल मगर महिला केन्द्रीय समितिको अध्यक्ष गंगा खासुमगर को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रमलाई सम्वोधन गर्दै खासुले विशिष्ट पहिचान बोकेका मगर महिलाहरुले आफ्नो पहिचान र स्थान खोज्नुपर्ने बताइन । मगर महिलाले आप्mनो राजनीतिक, आर्थिक र सामाजिक विकास गर्ने, जीविकोपार्जन तथा विकासका आफ््नै परम्परागत एवं अन्य आर्थिक क्रियाकलापहरूमा स्वतन्त्रपूर्वक संलग्न रहनुपर्ने र  आफनो हक अधिकारका लागि एक हुनु पर्ने उनको भनाई थियो ।

नेपाल मगर महिला संघ जिल्ला समितिको अध्यक्ष मन कुमारी पुन मगरको सभाध्यक्षता, सचिव कमला पुन मगरको कार्यक्रम संचालन र उपाध्यक्ष जमुना थापामगरको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ जिल्ला समितिका सल्लाहकार ईन्दिरा थापामगर, नेपाल आदिवासी जनजाति महासंघका प्रतिनिधि रुद्र श्रीसमगर, आदिवासी जनजाति महिला महासंघ कास्कीका ज्योती भट्टचन,गेसोका उपाध्यक्ष हर्क वहादर पुन मगर, नेपालमगर संघ कास्कीका अध्यक्ष पुर्ण रानामगर,  उपाध्यक्ष ओम पाईजामगर  लगायतले शुभ कामना व्यक्त गरेका थिए ।
दोश्रो सत्रको वन्द सत्रले मन कुमारी पुन मगरको अध्यक्षतामा ११ सदस्य जिल्ला समिति कास्की  चयन भएका छन, जसमा अध्यक्षमा मन कुमारी पुनमगर,उपाध्यक्षमा सरु पुनमगर, सचिव नुनु रानामगर, कोषध्यक्षमा गम माया थापामगर, सदस्य चन्द्रा थापामगर, दिक्षा पुनमगर,आशा थापामगर, निरु रानामगर,रेशम कला थापामगर ,तारा माया पुन मगर ,प्रेम कुमारी थापामगर लगायत रहेको छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %