‘राष्ट्रिय सहमतिको सरकार गठनको लागि तीन दलीय प्रयास निरर्थक

Read Time:3 Minute, 25 Second

काठमाडौँ, १७ माघ
शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ भन्ने तीन प्रमुख राजनीतिक दलको विगत सात महिनादेखिको रटान व्यर्थ हुने स्थिति देखिएको छ ।  

एनेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरुको शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा आज दिउँसो बसेको बैठकमा सरकारको नेतृत्वका लागि आ–आफ्नै अडानबाट उनीहरु पछि नहटेपछि राष्ट्रिय सहमतिको रटान व्यर्थ हुने परिस्थिति सिर्जना भएको हो ।

संविधान लेखन, शान्तिप्रक्रिया, सरकारको नेतृत्व र शक्तिको बाँडफाड विषयमा राष्ट्रिय सहमति बनाउन बसेको तीन दलको बैठक राष्ट्रिय सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा छिनोफानो नभएपछि आधा घण्टामै टुङ्गिएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी थिए  ।  बैठकपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति र संविधानको जिम्मेवारी पूरा गर्नका लागि राष्ट्रिय सहमतिको सरकार थप अपरिहार्य छ भन्ने पक्षको रटान आजको बैठकबाट मिथ्या सावित भएको छ भने  ।

उनले सरकारको नेतृत्व ‘मैले मात्र गर्न पाउनुपर्छ, म हुनुपर्छ’ भन्नेमा सबैको अडान यथावत रहेपछि दलहरुबीच अन्य एजेन्डामा प्रवेश नै नगरी बैठक टुङ्गिएको जानकारी गराए । नेकपा (एमाले) अध्यक्ष झलनाथ खनालले सहमति निर्माण गर्नेबारे दलहरुबीच आजको छोटो बैठकमा पनि एकसरो कुराकानी भएको बताउँदै सहमतिको प्रयास अन्तिम बिन्दुसम्म खोजिने दृढता व्यक्त गरे  ।

एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय सरकारको नेतृत्व लिने विषयमा दलहरुले आ–आफ्ना अडान यथावत राखेको, बैठकमा नयाँ कुरा नआएको र केही विषयमा पनि सहमति नभएको बताए  ।

उनले राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहमति खोज्ने भनी आजबाट तीन दलको बैठक फेरि बस्ने भन्ने विषय टुङ्गिएको छ, पछिल्लो गोकर्ण बैठक राष्ट्रिय सहमतिका लागि धेरै उपलब्धि देखिएको भए पनि आज बैठकमा त्यो वातावरण देखिएन उनले भने ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि तीनदलबीचको वार्ता र छलफल टुङ्गियो भन्ने नकारात्मक सोच नराख्न सञ्चारकर्मीलाई आग्रह गर्दै फेरि पनि सहमतिको खोजी गरांै भन्ने सहमति बाहेक आजको बैठकमा केही उपलब्धि नभएको बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %