साना दलले नेतृत्व लिए शान्ति र संविधान निश्चित :गच्छदार

Read Time:1 Minute, 57 Second

ललितपुर, १६ माघ

उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सत्तामोहका कारण शान्तिप्रक्रिया र संविधान लेखन कार्यले गति लिन नसकेको बताएकाछन ।

थारु आदिवासी गैरसरकारी संस्था महासङ्घले आज यहाँ आयोजना गरेको राष्ट्रियस्तरीय सामाजिक तथा लोकतान्त्रिक बहस कार्यक्रमको उदघाटन गर्दै उहाँले प्रमुख तीन दलले पछिल्लो चरणमा पनि सहमतिको सरकार बनाउन नसके उनीहरुको नैतिक दायित्व समाप्त हुने विचार व्यक्त गरे ।

तीन दलले सहमतिको सरकार गठन गरी शान्ति र संविधानको सुनिश्चितता गर्न नसक्ने उल्लेख गर्दै अध्यक्ष गच्छदारले तीन दलले सरकारको दावा छोडे साना दलले सरकारको नेतृत्व लिएर शान्ति र संविधानको ग्यारेन्टी गर्ने दाबी गरे ।     

उनले एकीकृत (माओवादी) अहिले मुलुकको राजनीतिको निर्णायक अवस्थामा रहेको र सरकारको निर्णायक शक्ति पनि उसको हातमा भएकाले माओवादीले चाहेको खण्डमा काँग्रेस, एमाले, मधेसवादी जसलाई पनि सरकार बनाउनमा निर्णायक भूमिका खेल्ने बताए ।     

कार्यक्रममा थारु आदिवासी गैरसरकारी संस्था महासङ्घका अध्यक्ष गोपाल दहितले नयाँ बन्ने संविधानमा थारु आदिवासीको अधिकारको सुनिश्चितता हुनुपर्ने भन्दै अबको आदिवासी आन्दोलनको अगुवाइ थारु आदिवासीले गर्ने बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %