सवैधानिक समितिद्धारा संविधानको मस्यौदा लेखन कार्यमा दलहरुसँग परामर्श गदै

Read Time:3 Minute, 8 Second

काठमाडौँ, १६ माघ

नयाँ संविधान लेखन कार्यमा देखिएका विवादित विषय र संविधानको प्रारम्भिक मस्यौदा लेखन कार्यलाई लिएर संवैधानिक समितिले आज एकीकृत नेकपा (माओवादी)सँग परामर्श गरेको छ ।

सिंहदरबारस्थित समितिको कार्यालयमा भएको सो परामर्शका क्रममा सहमतिका विषयमा एकीकृत मस्यौदा तयार गर्दै जाने तथा विवादित विषयमा सहमति खोज्दै जाने विषयमा छलफल गरिएको बैठकपछि छलफलमा सहभागी एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

समितिले यसअघि संवैधानिक कानुनका विज्ञहरुसँग छलफल गरी संविधान लेखन कार्यका लागि परामर्श मागेको थियो । नयाँ संविधान लेखनका लागि विषयगत समितिमाथि भएका सहमति र सात समितिका विवादित विषयमा छलफल गरी अगाडि बढ्नका लागि छलफल तथा परामर्श आयोजना गरिएको समितिका सभापति नीलाम्बर आचार्यले बताए  ।

छलफलमा एकीकृत माओवादीका उपाध्यक्षद्वय डा बाबुराम भट्टराई र श्रेष्ठ तथा नेता देव गुरुङको सहभागिता थियो ।  गत बुधबार बसेको संविधानसभाको १०६ औँ बैठकले विभिन्न सात समितिका प्रतिवेदनलाई संवैधानिक समितिमा सुझाव र निर्देशनसहित पठाइयोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेपछि संवैधानिक समितिले संविधान लेखनको मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको थियो ।

संविधानसभामा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त निर्धारण समिति, व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समिति, न्याय प्रणाली, राष्ट्रियहितको संरक्षण, संवैधानिक समिति र साँस्कृतिक एवम् सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समितिका प्रतिवेदनहरू पठाइएका छन् ।

कस्तो शासन भएको मुलुकको संविधान निर्माण गर्ने देशको कति भू–भाग समेटेर प्रदेश बनाउने भन्ने विषयमा विवाद कायम रहेकाले संविधानको मस्यौदा तयार पार्न सजिलो नहुने देखिएको छ । तर, राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, व्यवस्थापकीय स्वरुपलगायतका विषयका गम्भीर मतभेद कायमै छ ।

प्रतिवेदन अध्ययन समितिले तयार पारेको विवादित २२० मध्ये १४० मुद्दामा दलहरूबीच सहमति जुटिसकेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %