१४ माघ, रुपन्देही ।
शंकरनगर सामुदायिक वन भित्र रहेको वनविहार वनवाटिका तथा अनुसन्धान केन्द्रमा लखन स्मृति पार्क तथा मगर संग्राहलय निर्माण हुने भएको छ । अनुसन्धान केन्द्रको पिकनिक स्थल नजिक रहेको करिव २ विघा क्षेत्रफलमा पार्क बनाउन लागिएको हो । नेपाल मगर संघ रुपन्देहीले पार्क बन्ने स्थानको झाडी फडानी गरेको छ
। रुपन्देही जिल्लाको विभिन्न गाविसबाट आएका ४ सय बढी मगरले झाडी सफा गर्नुको साथै वनभोज समेत गरेका थिए । संघका अध्यक्ष दलबहादुर विरकट्टाको अध्यक्षता, मगर संघ हङकङका महासचिव लाल प्रकाश थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मगर बौद्ध सेवा समाज हङकङका अध्यक्ष प्रेम गलामी, नेपाल आदिवासी जनजाति महिला महासंघ रुपन्देहीकी अध्यक्ष तारा बलाल, पार्क निर्माण समितिका संयोजक माथवर सिंह सलामी, सहसंयोजक टिका आले लगायतले लखन स्मृति पार्क बनाउन लागिएकोमा खुसी ब्यक्त गरेका थिए । सो अवसरमा बोल्ने वक्ताहरुले उक्त पार्कलाई दर्शनीय स्थल
बनाउन समेत सवैलाई आग्रह गरेका थिए । टिकादेवी आलेको स्वागत र कमला पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
गोविन्द घर्ति देवदह