झम तमुको नेतृत्वमा तमु साँस्कृतिक प्रतिष्ठान

Read Time:2 Minute, 31 Second

पोखरा, १३ माघ
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको पोखरामा सम्पन्न नवौ साधारणसभा तथा पाँचौ अधिवेशनले आगामी तीन वर्षका लागि पुनः झमबहादुर तमुको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ स्थापित प्रतिष्ठानको प्रथम उपाध्यक्षमा चिजकाजी तमु, उपाध्यक्षहरुमा गीरी प्रसाद तमु, हर्कबहादुर तमु, सदस्यसचिवमा चित्रबहादुर तमु, सचिवमा भेषबहादुर तमु, कोषाध्यक्षमा श्रीजङ्ग तमु, सहकोषाध्यक्षमा भिमकाजी तमु र सदस्यहरुमा ओम तमु, डम्वर तमु र रबिन तमु निर्विरोध निर्वाचित भएकाछन् ।
नयाँ नेतृत्व चयनका लागि तेजबहादुर तमुको संयोजकत्वमा हुमबहादुर तम र बुद्धिमान तमु सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित अध्यक्ष झम तमुले नयाँ कार्यसमिति अझ सक्रियतापुर्वक सेवामा जुट्ने प्रतिवद्धता व्यक्त गरे ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक तेजबहादुर तमुले बधाई व्यक्त गर्दै प्रमाणपत्र वितरण गरेकाथिए।
यसअघि साधारणसभा तथा पाँचौ अधिवेशनको उद्घाटन गर्दै पोखरा इञ्जिनियरीङ कलेजका प्रमुख ईञ्जिनियर लेखबहादुर तमुले अब तमुहरु शिक्षा र संयुक्त व्यवसायिकतामा लाग्नु पर्ने सुझाव दिएकाथिए ।
साधारणसभा तथा अधिवेशनमा प्रतिष्ठानका सदस्य सचिव चिजकाजी तमुले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गिरी प्रसाद तमुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकाथिए  ।
झम तमुको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रतिष्ठानका सल्लाहकार तेजबहादुर तमु, प्रतिष्ठानका युके संयोजक मिनप्रसाद तमु, तमु धिं नागोया जापानका डम्बर तमु, चित्रबहाद तमु, श्रीजङ्ग तमु लगायतले मन्तव्य व्यक्त गरेकाथिए ।
हुम तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %