तीन दलीय उच्चस्तरीय बैठक गोकर्ण रिसोर्टमा सुरु

Read Time:1 Minute, 32 Second

काठमाडौँ, १२ माघ

राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका बारेमा निर्णायक छलफल गर्न प्रमुख तीनदलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय बैठक काठमाडौँस्थित गोकर्ण रिसोर्टमा सुरु भएको छ ।

एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी सो बैठकमा ती दलहरुले शान्ति प्रक्रिया र नयाँ संविधान लेखनमा आगामी दिनमा आफ्नो पार्टीले गर्ने कामको  ‘रोडम्याप’ प्रस्तुत गर्ने र साझा निष्कर्षसमेत निकालिने बताइएको छ ।

राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकार गठनका लागि दिनुभएको पाँचदिनको समयावधि आज सकिँदैछ । ती तीन दलका शीर्ष नेताहरु राष्ट्रिय सहमति कायम गर्न द्विपक्षीय, त्रिपक्षीय छलफलमा जुटिरहेका छन् ।

शीर्ष नेताहरुबीचमा नयाँ सरकार गठन  सहमति नजुटेमा व्यवस्थापिका–संसद्ले बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्नेछ । यसका लागि व्यवस्थापिका–संसद्को हिजोको बैठकले प्रधानमन्त्री निर्वाचन कार्यसञ्चालन नियमावली संशोधन प्रक्रियालाई बहुमतले पारित गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %