जातीय बिध्वंसले कसैलाई बाँकी राख्दैन

Read Time:2 Minute, 24 Second

राज्यसत्ता डटकमको बिश्लेषण

ठूला दलहरु अहिले संविधान बनाउन नखोजेको तिनकै जनजाति, मधेसी, दलित सभासद तथा नेताहरुले खुल्लमखुल्ला बताउन थालेकाछन् । आफुले खाइपोइ आएको भाग बाँड्नुपर्ने हुँदा उनीहरु यसो गर्न चाहदैनन् भनिन्छ। त्यसैले उनीहरु न संघीयतामा जान खोजिरहेकाछन् न संविधान लेख्न । यो संविधानसभा जहाँ सबै जातको प्रतिनिधित्व छ, त्यसले लेखेको संविधान त्यहि अनुरुप हुने नै भो । त्यसैले पनि लामो समय देखि एकछत्र राज गरिरहेकाहरु यो अवसर जसले बन्चिितहरुको पक्षपोषण गर्छ, दिन चाहदैनन् ।
तर उनीहरुले के बिर्सेकाछन् भने जनतामा चेतना आएकोछ । हिंजोको जस्तो अवस्था छैन । शिक्षा र इन्टरनेटको सहज पहुचले बिश्व सानो गाँउ भएकोछ, जहाँ सबै कुरा निमेषमै थाहा हुन्छ ।
बिश्वमा बढिरहेको पहिचानको राजनीतिले यहाँ पनि उद्देलित बनाइरहेकोछ भन्ने कुरा ख्याल गरिएकोछैन । नेपाल जस्तो अत्यन्त छ्यासमीस जातीय बसोबास भएको ठाँउमा भोलि जातीय बिग्रह भयो भने कोहि बाँकी रहनेछैनन् । त्यो अवस्था आउनु अघि नै सदबुद्धि पुरयाइनु जरुरी छ । यस्तो जायज मागलाई रोकिदा त्यसले प्रत्युत्पादक काम गर्छ । बिद्रोह जन्माउछ ।

हाल सबैदलमा बाहुन नै प्रमुख छन् । जे भैरहेकोछ ती सबै उनीहरुको मिलेमतोमा भैरहेकाछ भनिन थालिएकोछ । यसले जातीय ध्रुबीकरण गराउछ, जुन खतरनाक हुनसक्छ । त्यसैले यस्तो जातीय संभावित द्धन्द्धबाट बच्न सबैभन्दा चनाखो र सचेत यहि समूदाय नै हुनुपर्दछ । विश्वमा भएका घट्नाबाट

हामीले पाठ नसिक्ने हो भने नेपाल झन तहसनहस हुने डर छ । अहिले यो त्यहि  बाटो तर्फ उन्मूख हो कि भन्ने डर पैदा गराइरहेकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %