गोकर्ण रिसोर्टको शिर्ष बैठक विनानिष्कर्ष टुंगियो

Read Time:1 Minute, 59 Second

काठमाडौं, माघ १२

सहमतीय सरकार निर्माणका विषयमा छलफल गर्न बुधबार बिहानैदेखि गोकर्ण रिसोर्टमा बसेको बैठक निष्कर्षविहीन सकिएको छ ।
सरकारको नेतृत्वका विषयमा सहमति नभएपछि बैठक सहमतिमा पुग्न नसकेको एक  नेताले जानकारी दिए । सहमति जुटाउन बैठकमा द्विपक्षीय(त्रिपक्षीय छलफल भएका थिए ।
सहमतीय सरकार निर्माणका लागि राष्ट्रपति रामवरण यादवले दिएको समयसीमा सकिए पनि छलफललाई निरन्तरता दिने कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिए । तीन दलबीच बिहीबार बिहान ११ बजे पुनः बैठक बस्ने छ । शान्ति र संविधान सुनिश्चित भए कांग्रेस जस्तोसुकै त्याग गर्न तयार छ,  पौडेलले भने ।
सुरुमा भएको त्रिपक्षीय वार्तामा दलहरुको अडान यथावत रहेपछि केही समय द्विपक्षीय छलफल चलेको थियो । खानापछि पुनः भएको त्रिपक्षीय छलफलमा अडान नछाडेपछि बैठकले निष्कर्ष निकाल्न सकेन ।
गत साता प्रमुख तीन दलले जस्को पनि नेतृत्व स्विकार्न सकिने सहमति गर्दै सहमतीय सरकार निर्माणका लागि पाँच दिन समय थप्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । दलहरुबीच मंगलबार दुई पक्षीय वार्ता भएको थियो । दुई पक्षीय वार्ताबाट पनि ठोस निष्कर्ष निस्केको थिएन । पार्टी भित्र थप आन्तरिक छलफल गरेर तीन दलीय बैठक गर्ने दलहरुले सहमति गरे अनुसार पुनः बैठक बसेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %