काँग्रेस र माओवादीलाई सरकार वाहिर राखेर शान्ति र संविधान संम्भव छैन : डा कोइराला

Read Time:1 Minute, 25 Second

विराटनगर, १२ माघ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन तथा संविधान बनाउन नै नेपाली काँग्रेसले  सरकारको नेतृत्व गर्नुपर्ने बताएकाछन्।

नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा सभासद् डा कोइरालाले कांँग्रेसका लागि सरकारको नेतृत्व महत्वपूर्ण नभई शान्ति र संविधानको सुनिश्चितताका लागि मात्र आवश्यक भएको उल्लेख गरे ।

उनले नेपाली काँग्रेसले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संविधान चाहेको उल्लेख गर्दै नेपाली काँग्रेस र एमाओवादीलाई बाहिर राखेर शान्ति र संविधान सम्भव नभएकाले दुवैलाई सँगसँगै लग्नुपर्ने अपरिहार्य रहेको बताए । एक जिज्ञासामा उनले नेकपा एमाले र मधेसवादी दलहरुको तटस्थ बस्नेजस्ता गतिविधिका कारण मुलुकको वर्तमान परिस्थिति झेल्नु परेको टिप्पणी गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %