१६ जनवरी भएको बृहत बैठकबाट नेपाल आदिवासी महासंघ बेलायतले दुरगामी प्रभाव पार्ने निर्णय गरेकोछ । अध्यक्ष थर्क राना मगरका अनुसार, गहन र दुरगामी महत्व बोक्ने ति निर्णय यस्ता छन् –
१- बेलायतमा हुन गैइरहेको जनगणनामा नेपाली मुलका बेलायती नागरिकहरुले जनगणना फाराम भर्दा नेपाली भाषालाई आफ्नो मुख्य भाषा भनेर उल्लेख गर्ने ।
२- ईथनिक माईनोरिटिको स्थानमा नेपालीज उल्लेख गर्ने ।
३- बुद्द जन्मेको देश नेपालको आस्तित्वलाई समेत कुल्चने हिसाबले भारतबाट जुन कृयाकलाप भईरहेकोछ त्यसको बिरुद्द सहयोग पुग्ने गरी बुद्द जन्मेको देश नेपाल नै हो भन्ने कुरालाई बल पुर्याउने उद्देस्यले सम्भव भए सम्म आफ्नो धर्म बुद्ध भनेर उल्लेख गर्ने र सोही अनुसार आ-आफ्नो संस्था वा क्षेत्रमा गएर प्रचार प्रसार गर्ने निर्णय भएकोछ । त्यसै गरी राजनैतिक अधिकार बिनाको नागरिकता लिनुको सट्टा सम्पूर्ण अधिकार सहितको नागरिकता प्राप्तिको लागी पहल गर्ने, सम्बन्धित क्षेत्रमा आफ्नो धारणा स्पस्ट रुपमा पुर्याउने र दवाव दिने ।
रानाका भन्छन्, ‘बेलायतमा स्थाई बसोबास गर्ने नेपाली मध्ये ८० प्रतिशत आदिवासी जनजाती र त्यसमध्ये ९० प्रतिशत भुतपुर्व गुर्खाहरु रहेकोले गुर्खा सैनिकहरुले पुर्याउंदै आईरहेको सहयोगलाई कदर गर्दै नागरिकता प्रदान गरेकोछ । तर हाम्रो मातृभूमी, जन्मभुमी, देश नेपाल जसको हामीलाई अती माया छ । हामीहरु नेपालका नेताहरुद्वारा स्रिजित परिस्थितिको कारण बिदेसिन वाध्य भएका हौं । त्यसैले नेताहरुले बुझ्नु पर्दछ यो हाम्रो रहर होईन बाध्यता हो । परिस्थिती अनुकुल भएको अवस्थामा हामी आफ्नो मातृभूमी फर्कनेछौं र देस निर्माणमा लागिपर्नेछौं । त्यसैले कृपया आफ्नो मातृभूमी फर्कने ढोका नथुनिदेउ ।’