आदिवासी जनजाति महासघं हङकङले आयोजना गरेको एक कार्यक्रममा लिम्बुवान राज्यपरिषद नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्देनले राष्टिय जनमुक्ति पार्टी आदिवासी जनजातिहरुका निम्ति बिश्वबिद्यालय रहेको बताएकाछन् । स्वागत तथा भेटघाट कार्यक्रमका प्रमुख अतिथि कुमार लिङ्देनले आफ्नो मन्तब्यको क्रममा नेपालका आदिवासीहरुको हकहितको कुरा उठाउने पार्टी भनेको नै आफ्नो पार्टी र जनमुक्ती पार्टी मात्रै रहेको बताए । उनले बिगतको स्मरण गर्दे भने, मेरो प्राथमिक देखि बिश्वबिद्यालयको राजनैतिक शिक्षा मैले जनमुक्तिबाटै लिएको हुँ । जनमुक्ति मेरो लागि मात्र हैन सबै आदिवासी जनजातिहरुका लागि बिश्वबिद्यालय हो ।
उनले मन्तब्यको क्रममा आदिवासी जनजाति महासंघलाई सबै जनजातिले अध्यक्षता गर्न पाउने गरि त्यसको संरचना बनाइनुपर्ने बताए । उनले औपचारिक एनआर गोर्खा भूपूहरु रहेको पनि उल्लेख गरे ।कार्यक्रम रिता गुरुङले संचालन गरेकिथिइन । अतिथिहरुमा निबर्तमान अध्यक्ष भुपेन्द्र चेम्जोङ्, भुप अध्यक्ष नरहाङ राई, नेपाल पत्रकार संघ हङकङका अध्यक्ष किसन राइ, लिम्बुवान राज्यपरिसद हङ्कङ च्याप्तरका अध्यक्ष नव्राज काम्वङ, किरात धर्म हङ्कङ्का अध्यक्ष मोहनमान लिम्बु, तमुत्युल हङ्कङ्का सचिव मिन गुरुङ्, नेपाली महासंघका निबर्तमान उपाध्यक्ष दुर्गा तमाङ तथा अन्य जातिय सङ्घसस्थाका पदधिकारीहरु तथा पत्रकारहरुको उपस्थिती थियो ।
लिङदेनलाई लिम्बुवान राज्यपरिसद हङ्कङ च्याप्टरले बिशेष निमन्त्रणामा यहाँ बोलाएकोथियो ।