सताको सौदावाजी गर्न माओवादीले सेना विशेष समितिमा वुझायो : मातृका यादव

पानीटयांकी (मोरङ), १० माघ

पुनर्गठित माओवादी पार्र्टीका  अध्यक्ष मातृका यादवले सत्ताको सौदाबाजी गर्न एमाओवादीले जनमुक्त्ति सेनालाई विशेष समिति मार्फत बुझाएको आरोप लगाएकाछन् ।

आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले निरन्तर क्रान्ति छोड्दै आएको एमाओवादीले त्यही क्रमलाई निरन्तरता दिँदै जनमुक्त्ति सेनालाई सरकारको विशेष समिति मातहत बुझाएको बताए ।

कार्यकर्ता भेटघाटका क्रममा विराटनगर आउनुभएका यादवले एमाले र एमाओवादी दुवैलाई शंसोधनवादीको संज्ञा दिँदै शान्ति र संविधानको बहानामा सबैले नाटक मात्र गरिरहेको छ भने  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %