काठमाडाँ १० माघ
एकीकृत नेकपा (माओवादी) का स्थायी समिति सदस्य वर्षमान पुनले पछिल्ला घटनाक्रमले राजनीतिक दलहरूबीच शान्ति–प्रक्रिया र संविधान लेखन कार्यलाई तार्किक निष्कर्षमा पु¥याउन विश्वासको वातावरण बनाएको बताएकाछन् ।
रिपोर्टर्स क्लव, नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा माओवादी सेनाका लडाकूहरू सेना समायोजन तथा पुनःस्थापना विशेष समिति मातहत गएपछि दलहरूबीच अनुकूल वातावरण बनेको बताउँदै उनले भने–‘यो कार्य शान्ति र संविधानका लागि एउटा कोसेढुङ्गा बनेको छ, यसले नेपाली राजनीतिमा अर्का ‘आइसब्रेक’ गरेको छ ।’
एमाओवादीले आप्mना सेनालाई विशेष समिति मातहत लगेर शान्ति र संविधानका लागि नयाँ ढोका खोलिदिएको प्रष्ट पार्दै नेता पुनले अब पनि दलहरू मिलेर अगाडि नबढे यस्तो वातावरण कहिल्यै बन्न नसक्ने बताए ।
एमाओवादीले लडाकूलाई विशेष समितिमा लगेर सरकारका लागि सौदाबाजी गरेको भन्ने आरोपमा कुनै तुक छैन भन्दै एमाओवादी जनमुक्ति सेनाको सैन्य इञ्चार्ज समेत रहेका पुनले आप्mनो पार्टीले शान्ति र संविधानका लागि लचकता प्रदर्शन गरेको दावी गरे ।
तथापि यस कार्यले एमाओवादीलाई सरकारको नेतृत्व गर्न नैतिक धरातल तयार पारेको उनको धारणा थियो । अब तीनै पार्टी एक ठाँउमा नबसे बाँकी चार महिनाभित्र संविधान बन्न नसक्ने बताउँदै नेता पुनले एमाओवादीको नेतृत्व स्वीकार्य नभए अन्य विकल्पबारे पनि सोच्न सकिने स्पष्ट पारे ।
पार्टीको स्थायी समितिको बैठकले लडाकूलाई विशेष समिति मातहत बुझाउने निर्णय गरेको जानकारी दिंदै उनले थपे–‘यसमा पार्टीभित्र कुनै विवाद छैन, उहाँहरूलाई विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानअनुसार नै विशेष समितिमा लगिएको हो ।’
लडाकूहरू विशेष समिति मातहत गएपछि सरकार, एमाओवादी, अन्य राजनीतिक दल, सुरक्षा निकाय र अन्तर्राष्ट्रिय समुदायमा समेत सेना समायोजन गर्न सकिने विश्वास र सहज परिस्थिति सिर्जना भएको उनको भनाइ थियो ।
सेना समायोजन तथा पुनःस्थापना विशेष समितिका सदस्य समेत रहेका नेता पुनले लडाकूको इच्छानुसार समायोजन, पुनःस्थापना वा स्वयम् सेवामा लगिने भएकाले कतिलाई कहाँ–कहाँ लैजाने भन्नेबारे अहिले नै सङ्ख्या तोक्न नहुने प्रष्ट पारे ।
उनले समायोजन प्रक्रियामा आफ्नो पार्टीको तर्फबाट कुनै बाधा खडा नगरिने बताउँदै विशेष समितिमा छलफल गरेर नै समायोजन प्रक्रियालगायत सम्पूर्ण विषयको टुङ्गो लगाइने वताए ।