काठमाडाँ, ९ माघ
नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले स्थानीय निकायको गठन हुन नसक्दा मुलुकको विकास निर्माणको काम अनिश्चित भएकाले छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
स्थानीय निकाय कर्मचारी सङ्घ नेपालको आज यहाँ सुरु भएको पाँचौ वार्षिकोत्सवमा सम्बोधन गर्दै अध्यक्ष खनालले विगत आठ वर्षदेखि स्थानीय निकायको गठन हुन नसक्दा स्थानीय क्षेत्रमा व्यापक भ्रष्टाचार भइरहेको वताए ।
उनले भने ‘ स्थानीय निकायमा भइरहेको भ्रष्टाचार रोक्न सरकारले छिटो स्थानीय निकायको गठन गर्नुपर्छ ।’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जनताको पहिलो सरकार भनेको स्थानीय निकाय भएकाले यसलाई बलियो बनाउनुपर्ने बताउँदै सङ्घीयताका नाममा स्थानीय निकायलाई कमजोर बनाउन नहुने बताए ।