इटहरी , ९ माघ
बिभिन्न माग राख्दै आन्दोलनमा उत्रेका सुकुम्वासी र प्रहरीवीच आईतवार अपरान्ह सुनसरीको ईनरुवामा झडप झण्डै २ दर्जन बढी प्रहरी तथा आन्दोलनकारी घाइते भएका छन । दोहोरो झडपमा परि ७ जना प्रहरी तथा १ दर्जन बढि प्रर्दशनकारी घाइते भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
सयौंको संख्यामा सदरमुकाम ईनरुवामा सुकुम्वासीहरुले त्यहा स्थित जिल्ला मालपोत र जिल्ला सुकुम्वासी समस्या समाधान आयोग लगायतका कार्यालयमा तालावन्दी गर्ने क्रममा प्रहरीसंग झडप भएको थियो ।
सुकुम्वासीहरुले आन्दोलनका पुर्व घोषित कार्यक्रमका क्रममा सुकुम्वासी आयोग र जिल्ला मालपोत कार्यलय सुनसरीमा तालावन्दी गर्न आएको समयमा प्रहरी र सुकुम्वासीवीच झडप भएको थियो ।
वासोवासका आधारमा सरकारले सुकुम्वासीलाई जग्गा धनी पुर्जा दिनुपर्नै माग गर्दै नेपाल वसोवास बस्ती संरक्षण समाज सुनसरीको अगुवाईमा आयोगमा तालावन्दी गर्नै क्रममा झडप भएको थियो । झडपका क्रममा लाठ्ठी चार्जवाट डेढ दर्जन प्रदर्शिनकारी घाइते भएका छन् भने प्रदर्शनकारीको ढुंगा प्रहारवाट सात प्रहरी जवान घाइते भएको प्रहरीले बताएको छ ।
घाइते प्रर्दशनकारी कसैको पनि नाम खुल्न नसकेको प्रहरीले बताएको छ । झडपमा परि घाइते भएका प्रर्दर्शनकारीलाइ उनिहरुकै साथीहरुले बोकेर लगेका कारण उनिहरुको नाम खुल्न नसकेको प्रहरीले बताएको छ । झडपका क्रममा प्रहरी जवान योगेश तामाङ प्रदर्शनकारीको ढुगां प्रहार वाट घाइते भएको र उनको उपचार जिल्ला अस्पताल सुनसरी इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य प्रहरी समान्य घाईते भएको सुनसरीको प्रहरी उपरिक्षक भुपाल भण्डारीले बताए ।
सो क्रममा प्रहरीलाइ सो भिड नियनत्रण गर्न निकै हम्मे हम्मे परेको थियो । भिडलाइ नियनत्रणमा लिनका लागि प्रहरीले १२ राउण्ड अश्रु ग्यासँ प्रहार गरेको थियो । झडप पछि तनावग्रस्त अवस्थालाई साम्य पार्न आईतवार दिनभर उल्लेख्य मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिती पछि ईनरुवा ३ को सखुवागाछीदेखि महेन्द्रचौक सम्मको करिव २ किलोमिटर क्षेत्रलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरी २ सय मिटर वरपर भेला हुन निषेध गरी प्रहरीको स्कर्टिङमा पूर्वपश्चिम लोकमार्गमा केही वेर अवरुद्ध भएको यातायात सूचारु गरिएको थियो ।