प्यूठान, ९ माघ
शनिवार बेलुकादेखि अबरुद्ध भालुवाङ्ग–प्यूठान–रोल्पा सडक खण्डमा बन्दकर्ताले एम्बुलेन्स पनि चल्न नदिँदा एम्बुलेन्स भित्रै आइतवार एकजनाको मृत्यु भएको छ ।
उपचार पछि घर फर्कदै गर्दा प्यूठान तोरवाङ्ग ३ का ३० वर्षिय गन बहादुर सुनारको मृत्यु भएको हो । सुनार नेपालगन्जबाट ना १ च ८३४९ नंम्वरको एम्बुलेन्सबाट घर फर्कदै थिए ।
पीडित परिवारले क्षतिपुर्तिको माग गर्दै सडकमा उत्रेपछि एम्बुलेन्स, प्रेस लगाएतका आकस्मिक गाडीहरु समेत चल्न दिएका छैनन् । ८ लाख रुपैया क्षतीपुर्तिको माग गर्दै सडक अबरुद्ध पारेको स्थनीयले जनाएका छन् । राप्ती सार्वजनिक यातायता बस ब्यावसायी समितिले भने ५ लाख रुपैया क्षतीपुर्ति दिने बताए पनि सहमति हुन सकेको छैन् ।
आइतवार पटक पटक दुवै पक्षवीच वार्ता भए पनि वार्ता निष्कर्षविहीन भएको स्थानीय प्यार अलि खानले बताए । शनिवार बुटवलबाट प्यूठान सदरमुकाम खलंगा आँउदै गरेको लु १ ख २९८० नम्वरको बसको छतबाट खसेर प्यूठानको बाङ्गेशाल–६ विसेदीमा प्यूठान हंसपुर–५ सुजिनपुरका २० वर्षिय शुकराम रखालको मृत्युको मृत्यु भएको थियो । बन्दका कारण प्यूठान र रोल्पा जिल्ला भित्रने र बाहिरिने यातायातका साधन चल्न सकेका छैनन् । मृतक रखाल दाङ्गको कालाकाटेमा विहेको भोज खाएर घर फर्कदै थिए ।