‘शान्तिप्रक्रियाको ऐतिहासिक थालनीको दिन : तीन दल

Read Time:2 Minute, 4 Second

चितवन, ८ माघ

एकीकृत नेकपा माओवादीका लडाकूहरू विशेष समिति मातहत आउने आजको दिन ऐतिहासिक भएको विभिन्न दलका नेताहरूले बताएका छन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादी लडाकू विशेष समितिमा मातहत जानुले शान्तिप्रक्रियालाई टुङगोमा पु¥याउन सहयोग पुग्ने बताए ।

तेस्रो डिभिजन शक्तिखोरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले ढिलै भए पनि विशेष समितिमा गएकाले सेना समायोजनको विषय टुङ्गो लाग्न अब सहयोग पुग्नेछ भने ।

यो सकारात्मक कदम हो भन्दै उनले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन एनेकपा माओवादी इमान्दार हुनुपर्नेमा जोड दिए  ।

यस विषयमा प्रतिक्रिया दिँदै एनेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले भने – महत्वपूर्ण कामको थालनी भएको छ । यसले संविधान लेखन र राजनीतिक समस्या निराकरणमा सहयोग पुग्छ ।

माओवादी लडाकू सरकारको अधीनमा नभई विशेष समितिको मातहतमा रहेको बताउँदै उनले  दलहरूबीचमा सहमतिमा पुग्न मद्दत मिल्ने धारणा प्रकट गरे ।

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माओवादी र लडाकूहरूबीचको सम्बन्ध विच्छेद हुनुपर्ने बताउँदै विशेष समितिको अनुगमनको काम चुनौतीपूर्ण वताए ।

पत्रकारहरूलाई प्रतिक्रिया दिँदै एनेकपा (माओवादी)का वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले यो कदमबाट शान्तिप्रक्रियामा नयाँ आयामको सुरुवात भएको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %