‘ब्यक्तिवादी हैन एकजुट भई अगाडि बढ’ : जनमुक्तिका यूवाहरु

Read Time:3 Minute, 11 Second

रुपन्देही माघ ६ ।
शान्ति र संविधान निर्माण हुन नसक्नुमा तिन ठूला दल जिम्मेवारी रहेको राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव केशव सूर्यवंशीले बताएकाछन्  । राष्ट्रिय जनमुक्ति पार्टीको २० औं स्थापना दिवसको अवसरमा रुपन्देहीको भैरहवामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै उक्त कुरा बताए । सो अवसरमा बोल्दै उपमहासचिव सूर्यवंशीले आगामी फागुनमा हुन गईरहेको पार्टीको चौथो राष्ट्रिय महाधिवेशन सफल बनाउन सहयोग गर्न सवैलाई आग्रंह गरे । उक्त अवसरमा राष्ट्रि यूवा मोर्चाका केन्द्रीय अध्यक्ष अशोक पुनले पार्टीलाई संस्थागत बनाउदै लैजानु पर्ने, व्यक्तिवादी चिन्तनले भन्दा संस्थागत चिन्तनले पार्टीलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । ब्यक्तिवादी चिन्तन भनि उनले अध्यक्ष एमएस थापालाई संकेत गरेकाथिए । उनको संस्थालाई केहि समय अघि अध्यक्ष थापाले कार्वाही गरेकाथिए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र महिला संगठनका महासचिव तारा बलालले महिलाहरुलाई हरेक क्षेत्रमा आरक्षणको कोटा रहेतापनि जनजाति महिलाहरुमा राजनैतिक चेतना नभएको हुदा शैक्षिक यौग्यता पुगे पनि सरिकारले छुट्टयाएको महिला आरक्षण कोटाबाट वन्चित भएको बताइन । त्यसैले आदिवासी जनजाति महिलाहरुमा राजनैतिक चेतना हुन जरुरी रहेको बताइन ।  
राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका उपाध्यक्ष होमाया गुरुङ्गको अध्यक्षता र सचिव भैरव थापाको संचालनमा भएको कार्यक्रममा बैकल्पिक केन्द्रीय सदस्य हरिदेव थापा, पार्टी रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टा, परामर्श केन्द्रीय सदस्य  वल बहादुर थापा, लेख प्रसाद गुरुङ्ग र चन्द्र बहादुर गुरुङ्ग लगाायतले बोल्दै पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढाउनु पर्नेमा जोड दिएकाथिए । उक्त शुभकामना आदान प्रदान कार्यक्रममा बुटवल नगर पालिका–९ का चन्द्र बहादुर गुरुङ्ग, पड्सरी निवासी धनु तमु लगायतले  पार्टी प्रवेश गरेकाकाछन् । पार्टीका उपमहासचिव केशव सूर्यवंशीले नव प्रवेशीहरुलाई पार्टीको सदस्यता प्रदान गरेकाथिए ।

गोविन्द घर्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %