दुर्घटनामा एक प्राध्यापक सहित दुईको ज्यान गयो

Read Time:1 Minute, 34 Second

भक्तपुर, ८ माघ
मध्यपुरथिमीको बालकुमारीस्थित अरनिको राजमार्ग खण्डमा भएको छुट्टाछुट्टै दुर्घटनामा प्राध्यापकसहित दुईको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज बिहान ना३प १७६४ नंको ट्र्याक्टरले बा.३१प २८२७ नंको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुरको छालिङ गाविस वडा नं. २ बस्ने २२ वर्षीय रोमन थापाको मृत्यु भएको हो ।

थापाको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
ट्र्याक्टर चालक रामकृष्ण सिंख्वाललाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थिमीले जानकारी दिएको छ ।
त्यसैगरी गएराति बा१३प ५४१० नंको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

थिमीमा अरनिको राजमार्ग खण्डमा कार्यालयबाट फर्केका थापाथलीस्थित इन्जिनियरिङ कलेजका प्राध्यापक मोहनविक्रम प्रजापतिको न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राधिका खड्काले बताइन

भक्तपुर नगरपालिका वडा नं. १३ का मोटरसाइकल चालक गणेशकुमार त्यातको बिएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %