पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारर्वाही भएन

Read Time:2 Minute, 39 Second

इनरुवा ,६ माघ

सुनसरी सदरमुकाम इनरुवा स्थित गोरखापत्र दैनिकका  इनरुवा समाचारदाता जयकृष्ण यादबलाई समाचारको  बिषयमा  ज्यान मार्ने धम्की  दिनेलाई कारर्वाही गर्न यहाँका मानव अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले माग गरिएको छ ।

समाचार लेखेको भन्दैं  मोवाइल नम्बर ९८४२३७४६२० वाट ज्यानमार्ने धम्की दिएको प्रति गम्भिर ध्यानाक्रषर्ण भएको भन्दैं विहिवार सृजनात्मक अन्तराष्टिय मंच सुनसरी , इन्सेक सुनसरी , सिक्सा सुनसरी र एडभोकेसी फोरम लगायतका अधा दर्जन संघ संस्थाले प्रेस वीज्ञप्ती जारी गरी कार्वाही गर्न माग गरिएको हो ।

धम्की दिनेलाई कार्वाही गर्न  प्रसाशन संग माग गर्दे दुई दिन भित्र पक्राउ गरी कानुनको दायारामा नल्याए आन्दोलमा उक्रने चेतावनी समेत दिएको छ । मंचका सुनसरी प्रतीनिधि रामचन्द्र यादव  , इन्सेकका सुनसरी प्रतिनिधि सुकदेव चौधरी , सिक्साका अध्यक्ष राम कोईराला र एडभोकेसी फोरमका प्रेम पोख्रेल लगायतका आधा दर्जन संघ संस्थाहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी  धम्की दिनेलाई कानुन अनुसारको कार्वाही र पिडीत पत्रकारको सुरक्षाको व्यवस्था मिलाउन प्रसाशन संग माग गरिएको छ । आफनो  नाम रिता मेहता बताउनेले वुधवार  सुनसरीको  वविया गाविस १ स्थित रहेको सरस्वती माध्यमीक विधालयमा समयमा पढाई नएको विषयमा स्थानीय पपुलर  एफएममा समाचार प्रसारण कसरी भयो भन्दै यादवलाई धम्की दिएको थियो  ।  यादव प्रशासनमा वुधवार मै उजुरी गरेको छ । उजुरीको दर्ता नम्वर २४२१ रहेको  जिल्ला प्रसाशन कार्यालय सुनसरीले  जनाएको छ । उजुरी गर्दा समेत आरोपीतलाई पक्राउ गरिएको छैन् । यता सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेले प्रहरीलाई पक्रउ गर्न पत्रचार गरेको वताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %