चक्रिय प्रणालीवाट सरकार सञ्चालन भए राजनीतिक अस्थिरता वढछ : उपेन्द्र यादव

Read Time:1 Minute, 23 Second

लहान, ६ माघ
मधेसी जनअधिकार फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले चक्रीय प्रणालीबाट सरकार संचालन गर्ने पक्षमा नरहेको र संसदमा रहेका २८ दलबाट महिनै पिच्छे प्रधानमन्त्री बनाउने खेल भयो भने देशमा आर्थिक सङ्कट आउनुका साथै राजनीतिक अस्थिरतासमेत बढने बताएकाछन्  । अध्यक्ष  यादवले बन्दुकको नालबाट राज्यसत्ता कब्जा हुन्छ भन्ने सोचबाट माओवादी नेताहरु मुक्त हुन नसकेको बताए  ।

आज बिहान सिरहाको लहानमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले भने  ‘मधेसको मुद्दामा नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी) स्पष्ट छैनन् । जुन पार्टीले संविधान, शान्तिप्रक्रिया र मधेसको मुद्दालाई समर्थन गर्छ त्यस पार्टीलाई हाम्रो समर्थन रहनेछ ।’

सहमतीय सरकार नबने नियमावली संशोधन गरेर भएपनि बहुमतीय सरकार गठन गरी समयमा नै जनतालाई नयाँ संविधान दिनुपर्ने उनको भनाइ थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %