माओवादी विवाद केन्द्रिय समितिको वैठकले टुङयाउने

Read Time:1 Minute, 25 Second

काठमाडौँ, ५ माघ । पार्टीमा फरक मतलाई तल्लो तहसम्म छलफलमा लैजाने विषयमा एनेकपा (माओवादी)भित्र उठेको विवाद साम्य पार्न भोली केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

पार्टीको निर्णय बुझाइमा अन्तर भएकाले बुझाइमा एकरुपता ल्याउने बैठक बस्ने भएको हो ।  एनेकपा माओवादीको आज बसेको स्थायी समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता दिननाथ शर्माले वताए  ।

बैठकमा प्रस्तुत गर्ने एजेन्डाहरु तय गर्न र पार्टीभित्र भएका निर्णयमा बुझाइको अन्तरले विवाद देखिएकाले सो अन्तरमा एकरुपता ल्याउनेबारे छलफल भएको प्रवक्ता  शर्माले वताए  ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र मोहन वैद्यले धारणा राखेका थिए । फरक विचारलाई पार्टीको तल्लो निकायसम्म छलफलमा लानेबारेमा उपाध्यक्ष डा.भट्टराईका समर्थक नेता कार्यकर्ताले पार्टीद्वारा आयोजित राजनीतिक प्रशिक्षण वहिष्कार गरेपछि विवाद उत्पन्न भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %