मगर सक्रान्तिका दिन मंकीहिलमा मगरसंघ हगंकगंले गरेको भब्य कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि सम्बैधानिक कानुनी मामिला बिभागकी वरिष्ठ अधिकृत शेर्ली चाङले मगरसंघ र त्यसका अध्यक्ष एमबी थापाको खुलेर प्रशंसा गरिन । उनले मगरसंघ हङ्कङले सामाजिक छेत्रमा हङ्कङ सरकारसँग समन्वय गरि काम गर्दै आएको र आँउदा दिनमा पनि मिलेर कार्य गरिने बताइन । अध्यक्ष एमबी थापा मगरको सक्रियताको प्रशंसा गर्दै आउदा दिनहरुमा पनि हङकङ सरकार सह्योग गर्न सदैब तयार रहेको र सम्पुर्ण नेपाली समुदायलाई एकजुट भई स्थानीय समुदायको मूलप्रवाहमा समाहित हुन आग्रह गरिन । यसको लागि मुख्य समस्याको रुपमा भाषा रहेको हुनाले बर्षेनी सरकारले विभिन्न गैरसरकारी संस्थाहरु मार्फत अल्पसंख्यक समुदायको सुविधाका लागि विभिन्न भाषा कक्षाहरु संचालन गर्दै आएको उनले जनाईन् ।
बिशेष अतिथिहरुमा इक्यूल अपुरचिनिटी (इवोसी) का कार्यक्रम संयोजक श्रीमती नोवियन्ती, हङकङ पुलिसका यूमातेई डिभिजनका अधिकारी लोक पुन, यूमातेइ जिल्ला काउन्सिलर बेनी योङ, युन्लुङ एनटिका जिल्ला कौन्सिलर केन चौ, क्रिस्चिएन एक्सनका अधिकारी रिन्जिन्, नेपाली महासङ्घका अध्यक्ष प्रदिप थापा मगर, आदिवासी जनजाति महासंघ हङ्कङ्का उपाध्यक्ष श्रीमती रिता गुरुङ्, मगरसंघका भुपु अध्यक्षहरु, सल्लाहकार लगायत थुप्रै सङ्सस्थाका प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । सङ्घका अध्यक्ष एम बी थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सदस्य बिष्णु थापा मगरले सन्चालन गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष दल चोचाङगी पुन मगरले गरेकाथिए । पूर्व महासचिव भिम थापा मगरले माघेसक्रान्ती बारेमा जानकारी गराएकाथिए ।
कार्यक्रममा धनुषबाण, डोरी तान्ने, छेलो फाल्ने, म्युजिकल चेयर आदि जस्ता खेलहरु खेलाइएको थियो जसमा हङ्कङ्का जिल्ला काउन्सिलरहरुले समेत धनुषबाण हानेका थिए । कार्यक्रमको अवसरमा अल्पसङ्ख्यक बिसेश गरी बृद्ध र असहायहरुलाई केही खानेकुराहरु सहित झोलाको उपहार बितरण गरिएको थियो ।
फोटो : भीम थापा मगर