तीन दिनपछि सवै लडाकू र हतियार विशेष समितिमा

Read Time:1 Minute, 33 Second

काठमाडौँ, ५ माघ

शिविरमा रहेका लडाकू र हतियारलाई औपचारिकरुपमा यही माघ ८ गतेदेखि सेना समायोजन विशेष समितिअन्तर्गत ल्याइने भएको छ ।  चितवनस्थित शक्तिखोर शिविरमा विशेष कार्यक्रम आयोजना गरी शिविरमा रहेका लडाकू र हातहतियार समितिअन्तर्गत ल्याइएको घोषणा गरिने समितिको आज बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले  निर्णय गरेको हो ।

गृहमन्त्री भीम रावलको अध्यक्षतामा तीन सदस्यीय कार्यक्रम व्यवस्थापकीय समिति गठन गरिएको बैठकपछि समितिका सदस्य जयप्रकास प्रसाद गुप्ताले जानकारी दिए  । लडाकू र हातहतियारलाई सेना समायोजन विशेष समितिको मातहतमा सञ्चालन गर्ने सहमति सरकार र एकीकृत नेकपा (माओवादी) बीच भइसकेको छ ।

साथै, बैठकले सरकार र एकीकृत नेकपा (माओवादी) बीचमा गत पुस ३० गते भएको तीनबुँदे सहमतिलाई अनुमोदन गरिनुका साथै सहमतिअनुरुप लडाकू र हातहतियार व्यवस्थापनसम्बन्धी अनुगमनका लागि ६ सदस्यीय संयन्त्र बनाउने सहमति पनि भएको छ ।  बैठक प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %