काठमाडौँ, ४ माघ
संविधानसभाको आजको बैठकले ‘संविधानसभा नियमावली संशोधन मस्यौदा समिति’ को प्रतिवेदन २०६७ सर्वसम्मतिले पारित ग¥यो ।
बैठकको प्रारम्भमा सो समितिका संयोजक पुष्पा भुसालले प्रतिवेदनमाथि छलफल गरियोस् भनी प्रस्तुत गरेको सो प्रतिवेदनमाथिको छलफलमा भाग लिन कुनै पनि सदस्य नदेखिएपछि सभामुख सुवास नेम्वाङले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिबाट पारित भएको हो । संशोधन प्रस्ताव पारित भएपछि अब संविधानसभा नियमावली २०६५ को अङ्गका रुपमा उक्त संशोधन प्रतिवेदन समावेश भएको छ ।
संवैधानिक समिति र कुनै विषयगत समितिको प्रतिवेदनमा टुङ्गो लाग्न बाँकी विषयमा टुङ्गो लगाउने अधिकार संवैधानिक समितिलाई नै दिने र सबै समितिका प्रतिवेदनहरू सोही समितिमा पठाउन अब बाटो खुलेको छ । संविधानसभाको बैठक अर्का सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । व्यवस्थापिका–संसद्को आज बस्ने भनिएकोे बैठक भने विशेष कारणवश भोलि ५ गते दिउँसो ३ः०० बजे बस्ने गरी तोकिएको सभामुखले संविधानसभाको बैठकलाई जानकारी दिए ।