जापान, १६ जनवरी २०११
जापान को टोयोटा सहरमा मगर सेवा समिति टोकाई जापानले नेपाल को राष्ट्रिय पर्ब तथा मगर जतिको महान चाड मगर सक्रान्ति भब्य रुपमा सम्पन्न गरेको छ । समतिका अध्यक्ष राजु राना मगर को सभापतित्व मा भएको उक्त कार्यक्रममा नेपाली आदिबासी जनजाती महासंघ जापानका केन्द्रीय अध्यक्ष के बि मगरले प्रमुख अतिथि को आसन ग्रहण गर्रेकाथिए । अतिथि हरुमा समितिका भुतपुर्ब अध्यक्षहरु श्री भिजेंद्रमान पुन मगर र श्री सोम पुन मगर, नेपाली हरुलाई अति नै माया गर्ने जापानी नागरिक हयासी तथा नेपाल फर्कन लागेका समितिका भुतपुर्ब उपाध्यक्ष खिम पाइजा मगर र सदस्य गणेश बुढा मगर थिए ।
कार्यक्रम को उद्घाटन पश्चात कोषाध्यक्ष धन अर्गेजा मगरको स्वागत मन्तब्य रहेको थियो भने अतिथिहरुले माघेसक्रान्ति २०६७ को सुभकामना सहित नेपाल फर्कन लागेका पधाधिकारी सदस्य साथीहरुको सफल यात्राको कामना गर्का थिए । अन्तमा कार्यक्रमका सभापति राजु राना मगरले बिदाइमा सम्झना स्वरुप समितिको तर्फ बाट उपहार प्रदान गर्दै पहिलो चरणको कार्यक्रमको समापन गरेकाथिए । पछी स्थानीय कलाकार हरु लिल कृष्ण पुन मगर र डि के बुढा मगर ले नेपालका लोक तथा आधुनिक गीत सहित मनग्ये मनोरंजन प्रदान गरेको उक्त कार्यक्रम साझ सम्म चलेको थियो ।
श्याम राना मगर फोटो : राजन बुढा मगर
आइची केन जापान