काठमाडौँ, ३ माघ ।
परराष्ट्रसचिव मदनकुमार भट्टराईको निमन्त्रणामा भारतका विदेश सचिव निरुपमा राव नेपालको तीनदिने भ्रमणमा भोलि नेपाल आउने भएकाछन ।
सचिव रावका साथ भारतीय विदेश मन्त्रालयका वरिष्ठ पदाधिकारी पनि रहने परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।
परराष्ट्रसचिव भट्टराई र भारतीय विदेश सचिव रावबीच भोलि नै द्विपक्षीय वार्ता हुनेछ ।
सचिव रावले नेपाल बसाइका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्ने भएकाछन् ।