काठमाडौँ, २ माघ
राट्रिय भन्डाको स्वरूप परिवर्तन नगर्नेमा प्रमुख तीन दल सहमत भएका छन् ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्को आग्रहमा आज सिंहदरबारमा बसेको बैठकमा एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरू सो कुरामा सहमत भएका हुन् ।
बैठकमा राष्ट्रिय झन्डाको स्वरूप यथावत् राख्ने तर रङ्ग र किनाराका बारेमा भने पछि हुने छलफलमा व्याख्या गरिने विषयमा पनि सहमति भएको थियो ।
्यसैगरी तीन प्रतिशत मत ल्याउने राजनीतिक दललाई राष्ट्रिय मान्यता दिने विषयमा हालको प्रावधान खारेज गर्ने विषयमा पनि तीन दलबीच सहमति भएको थियो ।
बैठकमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललगायतका नेताहरू सहभागी थिए ।
तीन दलबीच भएको सहमति भोलि हुने २८ दलको बैठकमा पेश गरिने भएको बैठकमा सहभागी नेपाली काँग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।