राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं २ को अध्यक्षमा सूर्यकुमार सारुमगर

Read Time:1 Minute, 58 Second

वुटवल , २ माघ
राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं. २ रुपन्देहीको चौथो क्षेत्रिय अधिवेशनले सूर्यकुमार सारुमगरको अध्यक्षमा १५ सदस्यीय क्षेत्रिय समिति गठन गरेको छ. ।

 

भोजबहादुर रानामगरज्यूको अध्यक्षतामा राष्ट्रिय जनमुक्ति पार्टी जि.का.स. रुपन्देहीका कोषाध्यक्ष श्री रन बहादुर बुढामगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको समुद्धघाटन सत्रमा अधिवेशन प्रतिनिधि,पर्यवेक्षक र साधारण सदस्यहरु गरी लगभग ४०० जनाको सहभागिता थियो ।
अधिवेशनले सुर्य कुमार सारुमगरको अध्यक्षतामा ६ जना सदस्य मनोनित गर्ने गरी १५ सदस्यीय क्षेत्रिय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा मन प्रसाद गुरुङ्ग, सचिवमा दल बहादुर थापामगर, . सहसचिवमा आशिन गुरुङ्ग, कोषाध्यक्षमा लक्ष्मी रानामगर, सदस्यहरुमा   धनमाया रानामगर , शान्ति गुरुङ्ग , हुम बहादुर गाहामगर , दल बहादुर गुरुङ्ग , मिन कुमारी पाटामगरलाई चयन गरेको छ ।
साथै अधिवेशनको बन्दशत्रले पार्टी सदस्यता वृद्धि गर्ने , पार्टी संगठन र जनवर्गिय संगठन निर्माण र  विस्तार गर्ने , पूर्णकालिन कार्यकर्ता तयार गर्ने , पार्टी बारे कार्यकर्ताहरुलाई प्रशिक्षण दिने निर्णय गरेको छ ।
अधिवेशनमा निर्वाचित पदाधिकारीलाई  रुपन्देही अध्यक्ष दल बहादुर वीरकट्टामगरज्यूले शपथ ग्रहण गराएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %