थानकोट बाहिर नगएका मुर्धन्य सम्पादकहरूले मधेशलाई विदेश ठानेर पक्षपाति भूमिका निवार्ह गदै आइरहेकाछन ।
काठमाडौ केन्दित् सचंञ्चार गहृहरू प्रभाव र दवावका कारण एक-दुईटा समाचारलाई बाध्यात्मक रूपमा स्थान दिए पनि वास्तविक अर्थमा मधेश विरोधी मानसिकताले ग्रस्त रहेका पाइन्छ । आफ्नो प्रकाशन÷प्रशारणमा थोरै पनि स्थान नदिने तर आफूलाई राष्ट्रिय संचार भन्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ निकायमा पुगेर विभिन्न सहयोग र सम्मान थाप्ने यी र यस्ता संचारकर्मीहरूकै कारण नेपालमा पहाडी–मधेशी, हिन्दू–मुस्लिम,बाहुन–दलित र अन्य जातीय-क्षेत्रीय समस्याले उग्रता लिँदैछ । साम्प्रदायिक संचारले सामुदायिक राजनीति गर्न निम्तो बाँडदैछन् । काठमाडौंका अधिकाँश संचारगृह र संचारसंस्थाहरू साम्प्रदायिक छन् । आफू साम्प्रदायिक भएर समावेशी नेपालका निमित्त वकालत गर्ने संचारकर्मीहरू निर्लज्जताका साथ मधेशवादी दल र मधेशवादी संचारसंस्थालाई साम्प्रदायिक भन्दै हिड्छन् । मधेशका समाचार-लेख अन्तवार्र्ता र मद्दाहरू पा्प्त हसदै नै जस्ता मिथ्या प्रचार गरेर खसवादी सोचका संचारकर्मीहरू आफूलाई चोख्याउने गर्छन् । तर वास्तवमा उनीहरू प्राप्त समाचार,लेख,मुद्दालाई छाप्न चाहदैनन् । मधेशसँग सम्बन्धित कार्यक्रमको निम्तो स्वीकार्य गर्न मान्दैनन् । कार्यक्रममा समाचार संकलन गर्न आउँदैनन् । संकलित वा प्राप्त समाचारलाई छाप्न मान्दैनन् । मधेशका समस्या केन्द्रित कार्यक्रम संचालन गदैन। तर लाज पचाएर आफूलाई राष्ट्रिय स्तरका ठान्छन् ।
मधेशसँग विभेद गर्न कायत्र्र म र समाचार वहिष्कार गर्ने विचारलाई स्थान नदिने छलफल संचालन नगर्न र सगंठन भित्र मधेसी पत्रकारलाई स्थान नदिने संस्कृतिले नेपाली संचारजगत
गाँजिएको छ । आफूहरूले पनि मधेश÷मधेशीलाई स्थान नदिने तर मधेश÷मधेशी माथि कार्य गर्नेलाई साम्प्रदायिक वा विखण्डनकारीको संज्ञा दिने नेपाली संचारमाध्यम वास्तविक अर्थमा विभेदकारी छन् । मुलुककै आधि जनसंख्या रहेको मधेश, कृषिको केन्द्र रहेको मधेश र राष्ट्रको सीमा सुरक्षित राखेको मधेशीको राष्ट्रियता माथि शंका गरिन्छ । सरकारी विभेद र अवसरमा भेदभाव हुदा सचांरमाध्यम मानै बस्छन । मधेशी विचार र मधेशी नेतृत्वलाई आज पनि स्वीकार्य गर्न चाहँदैन नेपाली संचारजगत । मधेशी समस्यामा एक मिनटे को कार्यक्रम पनि सचालन नगर्ने एफ।एम। रेडियो र टेलिभिजनहरू आफूलाई राष्ट्रकै संचार भन्न लाज मान्दैनन् ।
पटक–पटक मधेशका समाचारहरूलाई स्थान नदिएको कारण आलोचित हुनुपरेको, सवारी साधनहरू जलाइएको, पत्रपत्रिकाहरूलाई कब्जा गरी जलाइएको र पत्रकारलाई मधेशबाट लखेटिएका दर्जन उदाहरण हदाँ हुदै पनि काठमाडौ केन्दित सचांरमाध्यमहरू सचते भएका छैनन् । यिनका विभेदकारी नीतिलाई नेपाल पत्रकार महासंघ र नेपाल सरकारले पनि पक्ष्पोषण गर्दै आइराखेका छन् । संचारमाध्यमका विभेदकारी नीतिका कारण मधेशमा सामाजिक द्वन्द्व, नेपालप्रतिको ममत्वमा कमी, राज्यमाथि अविश्वास र मधेशलाई स्वतन्त्र राष्ट बनाउन साचें लार्इ टेपन पुगेको छ । नेपालमा हुने जातीय, क्षेत्रीय, भाषिक र सामुदायिक द्वन्द्वका प्रमुख मतियार राष्ट्र नबुझेको कथित राष्ट्रवादी पत्रकारहरू नै हुन् । सरकारी संचार माध्यमहरु साम्प्रदायिक छन् ।
मधेश नसमेट्ने संचारमाध्यमहरु सरकारबाट लाभान्वित हुन्छन् । मुद्दागत र प्रतिनिधिमूलक समावेशी नीति नेपाली संचारजगतमा छैन । एउटा पनि मधेशी पत्रकार नरहेको राष्ट्रिय दैनिक, एफएम र टेलिभिजनहरु उपत्यकामा क्रियाशील छन् । नेपाल पत्रकार महासंघ साम्प्रदायिक संचारमाध्यमहरुको पृष्ठपोषक संस्था हो । मधेशी नेतृत्वहरु आफ्नो संचारमाध्यममा लगानी गर्देनन् ।
मधेशी नेताहरु दिउँसो पहाडी मिडियालाई गाली गर्छन् र राति फोन गरेर माफी माग्दै आफ्नो समाचार छापिदिन अनुरोध गर्छन् । कपडा, भाषा, झण्डा, खानेकुरा र बसोबासमा राष्ट्रियता खोज्नेहरूको जमातभित्र कुकुर कराते शुरू भएपछि राष्ट्रियताको पहिचान र परिभाषामा परिवर्तनका संकेतहरू देखिन थालिएको छ । मनोवृत्ति र व्यवहारमा परिवर्तन गर्न नचाहने खसवादलाई राष्ट्रवादको संज्ञा दिने, नेपालवाद भन्दा उच्च स्थानमा माओवादलाई राखेका राष्ट्रवादीहरूको क्षद्म व्यवहारले मुलुक गृहयुद्ध र चरम गरिबीतर्फ उन्मखु हुदैछ ।
नेपालका घरेलु राजनीतिमा वर्चश्व कायम गर्न नसक्ने तर अरूमाथि दोषरोपण गर्ने नेताहरूको छाडापनको शिकार सम्पूणै नेपाली हुदैछन् । चाइनाले बनाईदिएको अन्तर्राष्ट्रिय सभागृहमा बसेर भारतले दिएको बसको विराधे गर्न नतृत्व पंतिका साचें झन् लज्जास्पद छ । नेपालको सबै भन्दा ठूलो सहयोगी राष्ट्रलाई तथानाम गाली गलाजै गर्ने नेताहरुको व्यवहारले ननेपालको बाल राजनीतिलाई झन् प्रष्ट पारिराखेको छ । नेपालको समस्यालाई नबुझेर राजनीति गर्न र सत्तालार्इ मात्र सर्वापरिमान्ने नेताहरूले मुलुकलाई झन् समस्यामा पु¥याएको छ । राष्ट्रियता नबुझ्ने राष्ट्रवादी नेता, पत्रकार र कर्मचारीहरू वास्तवमै मुलुक विरोधी र विखण्डनकारी हुन् । आधा जनसंख्या रहेको मधेशी समुदायका समस्याको समाधानमाथि निष्क्रियता देखाउने, सरकारी र निजी स्तरबाटै साम्प्रदायिक संचार नीति कायम राख्ने र कागजी समावेशीको वकालत गर्न ननसकेका र सचांरकमीर्हरू विखण्डनका राजनीति गर्छन् ।
मधेशीहरूको सहनशीलता र त्यागलाई कमजोरी ठान्दै आएकाहरूले राष्ट्रवादका नाममा विखण्डनका राजनीति गदर्छै न । व्यक्तिगत ढिपीलाई राजनीति को संज्ञा दिदै राष्टका समय ववार्द गर्न नेता र दलको विगविगि बढेको छ । संविधान निर्माणको जिम्मेवारी पाएका जन सेवकहरु आफूलाई ठेकेदार को रुपमा रुपान्तरित गदै पाएका समय सीमालार्इ आफू खूसि थप्दै राष्ट्रलाई राजनीतिक दूर्घटना तर्फ धकेल्न सर्व कार्य थालेका छन् ।
जनमत संग्रह नै नगरि राजसंस्था हटाऊने, प्रजातन्त्र लाई संस्थागत नै नगरि गणतन्त्रको घोषणा गर्न र पृष्ठभूमि परीक्षण नै नगरि नेतृत्व को जिम्मेवारी दिने जस्ता प्रमुख अराजकता नेपाली राजनीतिमा भेटिन्छ । अपराधी र अपराधका अभियोगमा मूछिएका सभासद्लाई जनताले कानून निर्माणको जिम्मेवारी दिएको छ । एउटा पार्टी विचार र मानेर चुनाव जित्ने तर आफू खुशी पार्टी फुटाउने वा पार्टी परित्याग गर्न परम्पराल राजनीतिक अराजकताको अर्का स्वरुपका व्याख्या गर्छ । जनताबाट जितेकाहरु अन्य तरिकाले नेतृत्व पाएकाहरुका सामु टिक्न नसक्नु, जनताले हराएकालाई राष्ट्र वा सरकार सञ्चालनका जिम्मेवारी पाउनु पनि अराजकताको प्रारुप नै हो । राष्ट्रको समस्या, जनताको चाहना र विश्वको परिवेशलाई बिर्सेर पार्टी राजनीति मात्र गर्न अधिकाँश राजनीतिक दलका नेताहरुमा राष्ट्रिय चिन्तनको अभाव पाइन्छ । मधेशवादीलाई हिमाल र पहाडको समस्याले पिरोल्दै न । ठूला दललाई मधेशीका समस्याले छुन्न ।
भौगोलिक एकीकरणमा मात्र रहेका नेपाली नेपालीबीचको दूरीलाई अवसरको रुपमा प्रयोग गर्छन्– यी नेताहरु । राष्ट्रिय चिन्तन र स्वाधीनताको कमीकै कारण मुलुक सरकारविहीन, जनता सुरक्षाविहीन र संविधानसभा राजनेता विहीन अवस्थामा रहेको छ । नेपाली राजनीतिमा राष्ट्र,राष्ट्रवाद र नेपालीको परिभाषा जाति,भेष, समुदाय र परिवारका आधारमा पृथक–पथृक छ । समान प्रवृतिका कार्य गर्ने मधेशी र पहाडी समुदायका व्यक्तिहरू बीच गरिने सरकारी व्यवहारमा व्यापक अन्तर छ । नेपाल–भारत सीमा सुरक्षा गर्द आएका मधशेसी समदुयका राष्टियता माथि शंका गरिन्छ । भारतका विभिन्न प्रान्तबाट नेपाल छिरेर सत्ता कब्जा गरेका नव नेपालीहरू मतवाली र मधेशी समुदायप्रति शंकास्पद राष्ट्रवादको दृष्टिकोण राख्दछन् । सञ्चारजगत पनि राष्टवदका परिभाषालार्इ ब्याख्या गनु साटो सरकारी विभेदलाई पृष्ठपोषण गरेर साम्प्रदायिक संयन्त्रको प्रधान घटक बन्नमा आफूलाई गौरवान्वित मान्दै आएको छ । संविधान प्रदत्त अधिकार र चलन चल्तिको कानूनी व्यवस्थाको पनि उपभोग गर्न नदिने कार्यमा यी साम्प्रदायिक सरकार र सञ्चारकर्मीहरू लागि परेका छन् ।
नागरिक हुनुको हक स्थापित गर्न पनि न्यायालय पग्नु पर्ने र न्याय प्रातिपछि नेपाली भएकोमा गौरवान्वित हुनुपर्ने मधेशीहरूको बाध्यात्मक अवस्थाको अन्त्य कहिले होला रु पन्ध्र हजार नेपालीको नरसंहार गर्ने, अपहरण, बलात्कार,लुटपाट, आतंक र कानूनी राज्यको सस्थागत उपहास गर्न पाटीले सरकार चलाउन पाउने तर सम्भावित नरसंहारकोपर्वू सचू ना पक्रा शित गर्न सम्पादकलाई राष्टदाण्का म खप्नु पर्ने एक कराडे मधेशीलाई विदेशी भन्ने सञ्चार माध्यमहरु राष्ट्रवादी हुने तर मधेशीका न्यायोचित अधिकारका निमित्त लेख्ने पत्रकार साम्प्रदायिक हुने रु सशस्त्र समूह सञ्चालन गर्न र सरंक्षण गर्न सरकारी मन्त्रीहरू राष्ट्रवादी कहलिने तर ती समहू को सुनचन सम्पेष्ण गररे राज्यलाई सघाउने संचारमाध्यम विखण्डनवादी हुनेरु के नेपालमा राष्ट्रवाद एउटा वर्ग र समूहको पेवा मात्र हो रु के मधेशी हुनु अपराध हो रु साम्प्रदायिक वा विखण्डनकारी नेताले सत्ता र सरकार पाउने तर साझा नेपालका अवधारणा बोक्ने मधेशी समुदायका नेपालीलाई कारागारको वातावरण निर्माण गरिनु कदापि उचित होइन् । सूचनाको निर्वाध प्रकाशन गर्न नपाउने हो र संविधान प्रदत्त अधिकारलाई सदुपयोग गर्न नदिने हो भने नेपाललाई गणतान्त्रिक मुलुक भनेर सम्बोधन गर्नु औचित्य छैन ।
मधेश दपर्ण फिचर सेवा