आलोपालो नेतृत्व गरेर भएपनि मुलुकलाई वन्धक हुन दिन्नौ : केपी ओली

Read Time:1 Minute, 50 Second

भक्तपुर, २ माघ ।

नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले अबको पहिलो संविधानसभाको बैठकले सरकार बनाउने बताएकाछन ।

समय समाज साप्ताहिकको आज आयोजित छैटौँ वार्षिकोत्सवमा बोल्दै उनले अब मुलुक अनिर्णयको बन्दी नबन्ने बताए  ।

लामो समयसम्म सरकार गठन नहुँदा मुलुक बन्धकको अवस्थामा रह्यो । अब पालैपालो नेतृत्व गरेर भएपनि मुलुकलाई बन्धक बन्न दिनु हुँदैन । उनले भने
राष्ट्रपतिले दिएको समयभित्र सहमति नबनेपनि सरकारविहीन अवस्था धेरै रहन नहुने उनको भनाइ थियो ।

कसको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने बताउन नचाहे पनि नेता ओलीले एनेकपा माओवादीको नेतृत्वको सरकार मान्य नहुने बताए  ।

“जबसम्म माओवादीको हतियार र लडाकू व्यवस्थापन हुँदैन, तबसम्म उसको नेतृत्वको सरकार स्वीकार्य हुँदैन ।”– उनले भने  ।

संविधान र नियमावली परिवर्तन गर्दैमा मुलुकको समस्या नहुने बताउँदै उनले नेता स्वयंले आफ्नो मानसिकता बदल्नु पर्ने बताए  ।

नेता ओलीले सहमतिको नारा जति रटेपनि उल्लङ्घन हुँदै गएको टिप्पणी गर्दै द्वन्द्वको व्यवस्थापन, हिंसाको अन्त्य र संविधान निर्माणमा सहमति भए मात्रै मुलुकले निकास पाउने बताए  ।
माओवादीको विद्रोह थोत्रो राजनीतिक सनक भएको बताउँदै उनले सनकका लागि गरिने विद्रोहमा जनता सहभागी नहुने दावी गरे  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %