काठमाडौँ, २९ पुस
एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो दलले अन्य पार्टीको नेतृत्वमा बन्ने बहुमतीय सरकार नस्वीकार्ने बताएकाछन ।
भारतको मुम्बई सहर जानुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने—“हाम्रो पार्टीले सहमतिको सरकार बन्ने स्थितिमा मात्र अरु दलको नेतृत्व स्वीकार्छ तर बहुमतीय सरकारका लागि अरुलाई स्वीकार्दैन ।”
सो अवसरमा उपाध्यक्ष डा भट्टराईले आफू प्रधानमन्त्रीका प्रतिस्पर्धी नरहेको पनि स्पष्ट पारे । मैले पहिलेदेखि नै आफूलाई प्रधानमन्त्रीको प्रतिस्पर्धी ठानेको छैन, उनले थपे— “प्रधानमन्त्रीको एउटा कुर्सीमा १० जना बस्न खोजेकाले पो एक वर्षदेखि राजनीतिक गतिरोध कायम रहँदै आएको हो ।”
उपाध्यक्ष डा भट्टराई मुम्बईमा अनुराधा गान्धी मेमोरियल लेक्चर नामक संस्थाद्वारा आयोजित ‘दि रोड टु न्यु डेमोक्रेसी इन नेपलिज् प्रोब्लम एन्ड च्यालेन्ज’ विषयक गोष्ठीमा प्रमुख वक्ताका रुपमा भाग लिन त्यसतर्पm प्रस्थान गरेका हुन् ।
भारतीय वामपन्थी नेत्री अनुराधा गान्धीको स्मृतिमा आयोजना हुने सो कार्यक्रममा त्यहाँका विभिन्न वाम बुद्धिजीवीहरुले पनि भाग लिने बताइएको छ ।