काठमाडौँ, २८ पुस
एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा बाबुराम भट्टराईले नेपालको शान्तिप्रक्रिया टुङ्गोमा नपुग्दासम्म संयुक्त राष्ट्रसङ्घले कुनै न कुनैरूपमा मध्यस्थता गर्नुपर्ने बताएका छन ।
संयुक्त राष्ट्रसङ्घका महासचिव बान्की मुनका प्रतिनिधि तम्राट स्यामुअल र नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन) प्रमुख करिन लनग्रेनसँग ललितपुर सानेपास्थित आफ्नै निवासमा आज भएको भेटवार्तामा उनले सो कुरा बताएका हुन् ।
उपाध्यक्ष भट्टराईको आग्रहपछि उनले नेपालका राजनीतिक दलहरू र सरकारले सहमति गरेर संयुक्तरूपमा आग्रह गरेमा अनमिन रहनसक्ने स्पष्ट पारेको डा भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए ।
यस्तै भेटका क्रममा उनले अनमिनले नेपालको शान्तिप्रक्रियामा खेलेको भूमिका सकारात्मक र सराहनीय भएको बताए ।