काठमाडौँ, २८ पुस
नेपाली काँग्रेसको आज साँझ यहाँ बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीका लागि पार्टीका उम्मेदवार रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ ।
पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले संसदीय दलका नेता पौडेलको उम्मेदवारी फिर्ता लिने प्रस्ताव गर्नुभएपछि सो निर्णय भएको बैठकपछि महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
सहमति, सहकार्य र एकताकाको राजनीतिलाई अगाडि बढाउँदै शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन र लोकतान्त्रिक संविधान निर्धारित समयमै जारी गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पार्टीले यस किसिमको कदम चालेको उनले बताए ।
संविधानसभामा प्रतिनिधित्व गर्ने जिम्मेवार राजनीतिक दलहरूको आग्रहबमोजिम मुलुकको राजनीतिक निकासका लागि उम्मेदवारी फिर्ता लिई काँग्रेसले महत्वपूर्ण त्याग गरेको स्प्ष्ट पार्दै महामन्त्री सिंहले राजनीतिक गतिरोध अन्त्यका लागि आफूहरूले जस्तै त्याग गर्न सबै दलसँग आग्रह पनि गरे ।