काठमाडौँ, २७ पुस
संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलका प्रतिनिधिले विषयगत समितिबाट निर्णय भई २८ दलले अनुमोदन गरिसकेका विषयमा एकीकृत मस्यौदा संवैधानिक समितिमा पठाउनका लागि संविधानसभा नियमावली संशोधन गर्न सहमत भएका छन् ।
सहमति भइसकेका विषयमा संवैधानिक समितिले कार्य अघि बढाउन सहज होस् भत्रे उद्देश्यले नियमावली संशोधन गर्न लागिएको बताएको छ ।
संविधानसभा अध्यक्षबाट शीर्ष नेता सम्मिलित अनौपचारिक बैठक गर्न सकिनेमा सहमति जनाउँदै सो बैठकले सहमति हुन नसकेका विवादित ८३ वटा विषयमा निरन्तर छलफल गर्ने निर्णय गरेको छ ।
यसैगरी अनौपचारिक बैठकपछि पुनः माघ २ गते २८ दलको बैठक बस्ने निर्णय भएको नेपाली काङ्ग्रेसका प्रतिनिधि रमेश लेखकले जानकारी दिए ।