पौष २७
माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ तथा नेपाल मगर यूवा संघ केरवानी–७ भवानीपुरको आयोजनामा आज देखि भवानीपुरमा पुरुष तथा महिला नकआउट भलिवल प्रतियोगिता शुरु भएको छ ।
नेपाल मगर संघ भवानीपुरका अध्यक्ष राम बहादुर घर्ति मगरको अध्यक्षता र देवदह क्षेत्र विकास समितिका कोषाध्यक्ष चन्द्र बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगितामा रुपन्देही र नवलपरासीको गरि २१ टिमको सहभागिता रहेकोछ । महिला तर्फ ४ टिम र पुरुष तर्फ १७ टिम सहभागि रहेको आयोजकले जनाएको छ । आज भएको उद्घाटन खेल विकास युवा क्लव रानीवगिया र आयोजक वी वीच भएको थियो । आयोजकलाई सोझो ३ सेटमा हराउदै विकास युवा क्लव विजयी भएको छ ।
गोविन्द घर्ती