खिमनले हगंकगंमा मुख फोरे – ‘ऐ ! हजुर हामी मगर नै हौं ।’

Read Time:3 Minute, 33 Second

नेपालमा पुनलाई मगर हैनन् भन्दै राजनीति गरिरहेका पुन समाज नेपालका महासचिव खिमन सेर्पुजाले हगंकगंमा भने ‘हामीहरु खाटीं मगर हौ’    भन्दै   भाषण गर्दे हिंडेकाछन् ।

शुरुमा पुन मगर समाज हगंकगंले आयोजना गरेको एक कार्यक्रममा उनले त्यस्तो मन्तब्य दिए ।त्यहाँ सहभागीहरुका भनाईमा उनले हगंकगंमा ‘पुनहरु मगर नै हुन्’ भन्नेहरुको समूह धेरै देखेपछि त्यस्तो मन्तब्य दिन बाध्य भएकाहुन् । पुन मगर समाज हगंकगंको बार्षिक समारोहमा उनलाई बोलाइएकोथियो । पुन मगर हैनन् भन्ने राजनीति विदेशमा पनि फैलिएपछि उनलाई हगंकगंका मगरबीच आफ्नो कुरा स्पष्ट पार्न आमन्त्रित गरिएकोथियो । हगंकगंका पुन समाजले आफुलाई मगरकै रुपमा परिचित गराउदै आएकोछ । उनीहरुको सक्रियता पनि त्यहि अनुरुप छ । उनीहरुले पुन समाज नेपालको परिपत्रका बावजुद संस्थाको नामबाट ‘मगर’ शब्द हटाएका छैनन्  । पुन समाजको कार्यालय पनि मगरसंघ हगंकगं संग एकै ठाँउमा छ । मगरसंघ हगंकगंका एक सदस्यका भनाईमा पुन मगर समाजका सदस्यहरु र मगरसघ हगंकगं संगसंगै मिलेर काम गरिरहेकाछन् । बैचारिक विवाद केहि छैन ।

संभवत यस्तो यथार्थ बुझेपछि खिमनले बोली फेरेका देखिन्छ । एक सहभागीले बताए अनुसार, कार्यक्रममा हगंकगं स्थित पुन समाजका बुद्धिजिवी टेक पुन मगर, संचारकर्मी इन्द्र एलजी थापा मगर र मगरसंघका पूर्व महासचिव भीम थापा मगरले सेर्पुजालाई रयाख्ती पारेकाथिए । पुन मगर हैनन् भन्ने प्रमाण के के छन् भनि सवाल गरेपछि सेर्पुजा निरुत्तर भएको बताइन्छ । तर्कमा जोर नचलेपछि र समारोहमा भेला भएका समस्त पुन मगरहरुको बीचमा त्यसरी आफ्नो अप्रेशन गरिएपछि उनले पुनहरु मगर नै हुन् । पुन मगर समाज नेपाललाई पुन समाज नेपाल बनाइनुमा प्राविधिक कारण रहेको भन्दै आफ्नो वचाव गरेकाथिए ।

जबकी उनले नेपालमा मगर हटाए छुट्टै जातिमा सूचिकृत हुन पाइन्छ भन्ने डा ओम गुरुड.को भाँउतोमा लागी अबैधानिक रुपले रातारात मगर शब्द  हटाएकाथिए । पछि उनले मगरसंघ हगंकगंले  आयोजना गरेको स्वागत कार्यक्रममा पनि यहि कुरा दोहोर्याएको बताइएकोछ । उनले पुनलाई मगरबाट छुट्याउन नचाहेको भनेर स्पस्टिकरण दिंदै हिंडिरहेकाछन् । हेर्नुछ, उनी नेपाल फर्किएर आफ्नो पूरानो खुराफात दोहोर्याउछन् कि मगर को बृहत छाताभित्र  समाहित हुन्छन् । अर्थात पुन मगर हैनन् भन्ने राजनीति छाड्छन् । या केहि सोझा पुनहरुको मोर्चाबन्दी गरेर पुन मठाधिस खडा गर्न तर्फ लाग्छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %