काठमाडाँै, २७ पुस
नेपालको शान्तिप्रक्रियामा सघाउँदै आएको संयुक्त राष्ट्रसङ्घीय मिसन (अनमिन)को बहिर्गमनपछि मुलुकमा जारी शान्तिप्रक्रियालाई कसरी अघि बढाउने भत्रे विषयमा सुझाव दिन मुख्य तीन राजनीतिक दलले गठन गरेको कार्यदलले पूर्णता पाएको छ ।
एकीकृत नेकपा (माओवादी)को सहमतिमा सरकारले अनमिनको म्याद अन्तिमपटक थपिसकेको र मुलुकको प्रमुख एजेन्डा शान्ति स्थापना भएको ठहर गर्दै मुख्य तीन राजनीतिक दलको सहमतिमा गठित कार्यदलले समग्र शान्तिप्रक्रियामा सहयोग पु¥याउने नेपाली काँगे्रसका नेता डा मिनेन्द्र रिजालले जानकारी दिए ।
शान्तिप्रक्रिया टुङ्गोमा नपुग्दै अनमिनलाई फर्काउनु असंवैधानिक कदम भएको र अनमिन फर्किए नेपालको जारी शान्तिप्रक्रिया धरापमा पर्ने विभित्र अभिव्यक्ति सार्वजनिक भइरहेको समयमा मुख्य तीन राजनीतिक दलद्वारा गठित सो समितिमा छजना रहका छन ।
अघिल्लो साता बसेको एनेकपा (माओवादी), नेपाली काँगे्रस र नेकपा (एमाले)का शीर्ष नेताहरूको बैठकले अनमिनको बहिर्गमनपछि मुलुकको शान्तिप्रक्रियालाई कसरी अगाडि बढाउने भत्रे सम्बन्धमा कार्यदल गठन गर्ने सहमति भएको थियो ।
कार्यदलमा एनेकपा माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन, काँगे्रसबाट डा मिनेन्द्र रिजाल र डा प्रकाशशरण महत तथा एमालेबाट गृहमन्त्री भीम रावल र ईश्वर पोखरेल रहेकाछन । काँगे्रसका डा महतको अस्वस्थताका कारण नेता कृष्णप्रसाद सिटौलालाई मनोनयन गर्ने निर्णय भएको नेता रिजालले जानकारी दिए ।
यही पुस ३० गतेदेखि अनमिन फर्केपछि नेपालको शान्तिप्रक्रियालाई निरन्तरता दिने सम्बन्धमा सुझाव दिन गठित सो कार्यदलले आगामी माघ १ गतेदेखि कार्य गर्ने जनाइएको छ ।