हालसम्म भएका सहमतिका आधारमा नयाँ संविधान लेख्न तीन दलको सहमति

Read Time:2 Minute, 18 Second

काठमाडाँै, २६ पुस

प्रमुख तीन राजनीतिक दलले संविधान लेखनका क्रममा देखिएको विवादित विषयमाथि हालसम्म भएका सहमतिका आधारमा नयाँ संविधान लेख्न संवैधानिक समितिलाई सक्रिय बनाउने सहमति गरेका छन् ।

तीन राजनीतिक दलका शीर्ष नेताहरूको आज सिंहदरबारमा बसेको बैठकले संविधान लेखनका क्रममा देखिएको विवादित विषयमाथि हालसम्म भएका सहमतिका आधारमा नयाँ संविधानको मस्यौदा लेख्न सुरु गर्ने सहमति गरेको बैठकपछि एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए  ।

बैठकमा संविधान लेखन प्रक्रियामा देखिएका असहमतिका विषयमाथि थप छलफल गर्ने गरी अहिलेसम्मका सहमतिलाई समेटेर नयाँ संविधानको मस्यौदा लेख्न सुरु गर्ने सहमति भएको हो ।

सभामुख सुवास नेम्बाङको आह्वानमा बसेको एमाओवादी, नेपाली काँगे्रस र एमालेका शीर्ष नेताहरूसम्मिलित सो बैठकले संविधान लेखन कार्यका लागि संविधानसभा र संवैधानिक समिति सक्रिय बनाउने सहमति पनि गरेका छन् ।

गत साउन ४ गते स्थगित संविधानसभाको बैठक झन्डै चार महिनापछि भोलि मङ्गलबार बस्ने भएको छ । नयाँ संविधान लेखनका क्रममा देखिएका २१० विवादित विषयमध्ये १२७ मा एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले सहमति जुटाइसकेको छ ।

संयन्त्रले सहमति जुटाउन नसकेका शासकीय स्वरूप, निर्वाचन प्रणाली, व्यवस्थापिका अङ्गको स्वरूप, सङ्कटकालको प्रावधानलगायतका ८३ वटा विवादित विषयमा सहमति खोज्न पुस २८ गते हुने प्रधानमन्त्री निर्वाचनपछि थप छलफल गर्ने सहमति पनि आजको बैठकले गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %