देवदह पौष २४
राष्ट्रिय जनमुक्ति पार्टीले संगठन विस्तारको क्रममा रुपन्देहीको केरवानी गाविसमा वडा समितिहरुको गठन गरेको छ । पछिल्लो समयमा केरवानी गाविसको २-४ नम्वर वडामा वडा समिति गठन गरेको राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं १ का अध्यक्ष धन बहादुर थापाले बताए । आज भएको भेलाले केरवानी गाविसको वडा नं २ मा विजय घिमिरे र ४ मा एक बहादुर सारुको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरिएको छ । भेलामा राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्र नं १ अध्यक्ष धन बहादुर थापाले तोकिएकै समयमा संविधान बनाउन सवै क्षेत्रबाट दवाद दिनु पर्ने बताए । जनमुक्तिको यहि फागुनमा महाधिवेशन हुदैछ । गोविन्द घर्ति