अहिलेको आवश्यकता शान्ति, संविधान र चालु शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याएर संविधान निर्माण गर्नु हो ।
-रमेश लेखक (नेता, नेपाली कांग्रेस )
त्यसपछि मात्र सरकार निर्माण गर्नु हो । तर अहिले मुलुकको राजनीति सरकार निर्माणमा केन्द्रित वनेको छ । पुस २५ गतेको अधिवेशन पनि त्यहीमै केन्द्रित छ । आगामी दुई हप्ता भित्रै सरकार निर्माण हुन्छ । नयाँ सरकारले शान्ति र संविधानलाई अगाडि वढाउछ । अहिले सहमति सहमति भनिएको छ । सहमतिको नाम धेरै जपिएको छ । सहमतिको आधार के हो त ? हिजो १२ वुदे देखि विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान निर्माण सहमतिकै आधारमा गरिएको हो । अहिले मुलुकको राज्य ब्यवस्था कस्तो हुने भन्ने सहमति भएको छ त्यस्तै मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्रलाई संविधान मार्फत् संस्थागत गर्ने र शान्ति प्रकृया टुंगिन्छ भन्नेमा पनि सवै दलले सहमति जनाएका छन् ।
संविधान सभा र ब्यवस्थापिका संसदवाटै शान्ति र संविधान अनि निकास खोज्न सकिनेमा माओवादी शान्ति र संविधान नाममा जनविद्रोह गर्ने रणनीति तय गरेको छ । यस्ता राजनीतिक घटनाहरुले माओवादी शान्ति र संविधान वनाउने पक्षमा कमजोर देखिन्छ । अहिले माओवादीको यो राजनीतिले संविधान र शान्ति प्रकृयालाई ओझेलमा पारेको छ ।
कांग्रेस १२ औ अधिवेशनपछि पदाधिकारीको पूर्णता दिएर शान्ति र संविधानको लागि वैचारिक आन्दोलन र अभियान चलाउनु पर्ने वेलामा केन्द्रिय पदाधिकारी वनाउने विवादमा अल्झेको छ । सभापतिले सवैको भावना वुझेर पदाधिकारी मनोनयन गर्ने भनेअनुसार पहिलो एक चरण पदाधिकारी वीचपनि छलफल भयो । त्यसपछि छलफल भएको छैन । पार्टी सरकार निर्माणका विषयमा आन्तरिक सरसल्लाहमा ब्यस्त वनेको छ । लोकतान्त्रिक पार्टीमा विवाद र वहस हुन्छ नै कांग्रेस पनि त्यो विवादवाट अछुतो छैन । तर कांग्रेस संविधान र शान्ति प्रकृयामा प्रतिवद्ध छ । राष्ट्रिय मुल मुद्दामा कांग्रेस एक ढिक्का छ । राष्ट्रिय मुल मुद्दाको नेतृत्व कांग्रेसले लिनु पर्ने थियो । तर कांग्रेसको आन्तरिक विवादकै कारण यसो गर्न सकेकोछैन । तैपनी आन्तरिक विवादकै कारण संविधान र लोकतन्त्र पछि पार्ने र अप्ठयारोमा पार्ने काम नेकाले गर्ने छैन ।
रामचन्द्र पौड्यालको उमेदवारी अहिले फिर्ता हुन्न । शेरवहादुर जीले पनि माओवादीले वनाएको प्रधानमन्त्री हुन्न भनिसकेका छन् । कांग्रेस शान्ति र संविधान निर्माण गर्नुपर्दछ र कांग्रेसको नेतृत्वमा शान्ति प्रकृया सम्भव छ । कांग्रेसले समग्र प्रकृयाको नेतृत्व गर्नुपर्दछ भन्ने हाम्रो धारणा हो । कांग्रेसको र्निविरोध उमेदवारीको रुपमा रामचन्द्र पौड्यालको उमेदवारी संम्भव भयो । रामचन्द्र जीको पक्षमा वहुमत नआउने जस्तो भएमा कांग्रेस केन्द्रिय समितिले छलफल गरेर आर्काे उमेदवार खोज्छ । अरु पार्टीले जे जे वाहिर हल्ला चलाएपनि तथ्यले देखाउछ कि रामचन्द्र पौड्याल कांग्रेसले र्निविरोध उठाएको हो । शेरवहादुर पनि उनको प्रस्तावक हुन् । रामचन्द्र पराजित भएपनि अर्काे उमेदवारको प्रस्ताव कांग्रेसले गर्दछ , कांग्रेस भित्र सत्ताको नेतृत्व गर्नका लागि आजसम्म दुई पक्ष देखा परेको छैन । वाहिर जे जे कुरा भएका छन ती हल्ला हुन् । निश्चय नै पदाधिकारी मनोनयनमा कांग्रेस भित्र विभाजन छ , विवाद पनि छ । तर प्रधानमन्त्रीको उमेदवारीको वारेमा कुनै विवादै छैन ।
हिजो पनि शान्ति प्रकृयाको नेतृत्व कांग्रेसले गरेको हो । संविधान र शान्ति प्रकृयालाई टुंग्याउनका लागि सत्ताको नेतृत्व पनि कांग्रेसले गर्नुपर्दछ । माओवादी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकार र एमालेका माधवकुमार नेपालले नेतृत्व गरेको सरकार असफल भैसकेका छन् । जनताको चाहना पनि शान्ति र संविधानका साथै समग्र प्रकृयालाई अगाडि वढाउन सरकारको पनि कांग्रेसले नेतृत्व गर्नुपर्दछ भन्ने हाम्रो विचार छ । कांग्रेसले सरकारको नेतृत्व गरेर संविधान निर्माण र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न चाहन्छ ।
१४ जेठसम्म कांग्रेस पतिपक्षमा वस्ने कि ? सत्ताको नेतृत्वमा वस्ने भन्ने कुरा अहिले अन्यौलमा छैन । शान्ति र संविधानको मुद्दा उठाएर अगाडि वढाएर कसैले नेतृत्व गर्न तयार हुन्छ भने कांग्रेस पतिपक्षमा वस्न पनि तयार हुन्छ । सत्ताको नेतृत्व गर्ने कि पतिपक्षमा वस्ने भन्ने तत्कालिन परिस्थिति र घटनाले पनि निर्धारण गर्दछ । कांग्रेस लोकतान्त्रिक संविधान, लोकतान्त्रिक मुल्यमा विश्वास र मान्यता राख्छ । कांग्रेस सताको नेतृत्व गरेर शान्ति र संविधानको क्रेडिट लिने होडवाजीका लागि लागेको होइन । लोकतान्त्रिक संविधान र शान्ति स्थापना गर्न कांग्रेसले नेतृत्व गर्नु पर्दछ ।
एमालेले पनि सत्ताको नेतृत्वका लागि हाइहाइ गरेको अवस्था छ । एमालेले सत्ताको नेतृत्व गर्ने सोच त्याग्नु पर्दछ । एकपटक सत्ताको नेतृत्वमा असफल भैसकेको पार्टीले अर्काे ब्यतिmको महत्व र उसकै पुनरावृत्ति भयो भने कांग्रेसले पनि छुट्टै निर्णय गर्नुपर्ने हुन्छ । एमालेको नेतृत्वको सम्भावना पनि नभएको चाहि होइन । तर त्यसको कत्तिको उपादेयता र औचित्य रहन्छ भन्ने हो । रामचन्द्र जीले वहुमत आउने जस्तो भएन भने उमेदवारी छोडनु हुन्छ ।
राजनीतिक दलले इच्छा देखाएन भने र यस्तै अवस्था रहिरहेमा १४ जेठमा संविधान वन्दैन । नेताहरु ज्यादै गम्भीर भएर लाग्नु पर्दछ । गैरकम्युनिष्ट दलहरुको नेतृत्वको सत्ता गठन हुनु पर्दछ भन्ने मान्यता कांग्रेसको होइन , एमाले र कांग्रेस सहितको गठवन्धन नै अहिलेको सरकार चलेको छ । राजनीतिक दलले कहिलेसम्म सेना राख्नहुन्छ र दलको नेतृत्व पनि गर्नहुन्छ भन्ने हो । माओवादीले वाइसिएल जस्ता अर्ध सैन्य संरचना राख्छ । वहुदलिय प्रतिस्पर्धामा पनि कुनै दलसँग सेना हुने र कसैसँग नहुने राजनीतिक दल भएका छन । लोकतन्त्रमा हतियार नभएका दलहरु हुनुपर्दछ । हतियार वोक्ने र सत्ताको नेतृत्व गर्न खोज्ने दल लोकतान्त्रिक पार्टी हुन सक्दैन । जवसम्म माओवादी लोकतान्त्रिक पार्टी हुदैन तवसम्म माओवादीको नेतृत्वको सरकार कांग्रेसले स्वीकादैन ।
माओवादी विशेष समितिलाई पनि सहयोग नगर्ने र अनमिन पनि राखिराख्नु पर्दछ भनिरहेको छ । माओवादी आफ्नो सैन्य राख्न र आफ्नो सैन्य स्थिति मजवुत पार्न अनमिन राख्न र सेना समायोजन पनि हुन नदिन खोजिरहेको छ । अनमिन गएपछि शान्ति प्रकृया पनि टुंगोमा पुग्दैन र सेना समायोजन पनि हुदैन भनेर माओवादी वाहाना वनाइरहेको स्थिति हो ।
अहिलेको गतिरोध माओवादी लोकतान्त्रिक पार्टीमा रुपान्तरण हुन नसक्दा उत्पन्न भएको हो । अहिलेको निकासका लागि चक्रिय प्रणालीमा जानु उचित हुन्न । विकल्पको रुपमा आउन सक्छ यो कुरा पनि । तर सर्वप्रथम माओवादीमा रुपान्तरण जरुरी छ । रुपान्तरण नहुदासम्म सही निकास निस्कन सक्दैन ।
गोविन्द लुइँटेलसँगको कुराकानीमा आधारित