कञ्चनपुर, २३ पुस
जाडोले कठ्याङ्गिएर कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालका ४५ वर्षीय डिल्लीबहादुर सुनारको हिजो मृत्यु भएको छ ।
भारतबाट मजदुरी गरी घर फर्केका सुनार घरायसी सामान खरिद गर्ने क्रममा सुकासाल चौराहानजिक अचेत भई लडेका थिए ।
अचेत अवस्थामा रहेका सुनारलाई तत्कालै महाकाली अञ्चल अस्पताल भर्ना गरिए पनि उनको उपचारकै क्रमा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताए । अत्यधिक चिसोका कारण सुनारको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।