अनमिन प्रमुख ल्या्न्डग्रेनको अभिब्यति आधारहिन र भ्रामक : नेपाल सरकार

Read Time:2 Minute, 12 Second

काठमाडौँ, २३ पुस

संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनका प्रतिनिधि एवम् यहाँस्थित राष्ट्र सङ्घीय कार्यालय (अनमिन) प्रमुख करिन ल्यान्डग्रेनले गत बुधबार सुरक्षा परिषद्मा दिएको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति प्रकट गरेको छ ।

न्यूयोर्कस्थित राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले आज एक विज्ञप्ति जारी गरी अनमिनप्रमुख ल्यान्डग्रेनले दिएको आधारहीन एवम् भ्रामक विश्लेषणको खण्डन गरेको छ ।

नियोगले जारी शान्तिप्रक्रियाको असफलता, नेपाली सेनाको आडमा राष्ट्रपतिले सत्ता सञ्चालन गर्ने जस्ता अकल्पनीय अभिव्यक्तिलाई जङ्गलीको संज्ञा दिँदै नेपालको अन्तरिम संविधानले पनि त्यस्तो अकल्पनीय विषयलाई कुनै स्थान नदिएको जनाएको छ ।

अनमिनको बहिर्गमनपछि पनि जारी शान्तिप्रक्रियाले गति लिने र अनमिनले सम्पादन गर्दै आएका सम्पूर्ण कार्य विशेष समितिले गर्ने उल्लेख गर्दै शान्तिप्रक्रियालाई टुङ्गोमा पुयाउन नेपाल सरकार प्रतिबद्ध रहेको स्थायी नियोगले स्पष्ट गरेको छ ।

राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि ज्ञानचन्द्र आचार्यले सुरक्षा परिषद् बैठकमा हिजो मन्तव्य दिँदै महासचिवका प्रतिनिधि ल्यान्डग्रेनले दिएको अभिव्यक्तिको खण्डन गरे ।

उनले शान्तिप्रक्रियालाई टुङ्ग्याउन विशेष समितिले प्राप्त गरेको अधिकार जस्तासुकै विवाद साम्य पार्न सक्षम भएकाले आधारहीन विश्लेषण प्रस्तुत नगर्न अनुरोध पनि गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %