२८ दलको वैठकद्धारा कार्यदलले टुंग्याएका सवै विषय समितिको प्रदिवेदनलाई अनुमोदन

Read Time:1 Minute, 45 Second

काठमाडौँ, २१ पुस

संविधानसभामा प्रतिनिधित्व गर्ने २८ राजनीतिक दलको आजको बैठकले संविधान लेखनका सन्दर्भमा गठन भएको कार्यदलले सबै विषयगत समितिको प्रतिवेदनमा गरेको प्रगतिलाई अनुमोदन गरेको छ ।

संवैधानिक समितिको प्रतिवेदनमा दलहरुबीच खासै विवाद नभएकाले जुन ढङ्गले कार्यदलमा सहमति भएर  प्रतिवेदन आएको थियो, त्यसैअनुसार आजको बैठकले अनुमोदन गरेको जानकारी नेपाली काँग्रेसका नेता रमेश लेखकले  दिए ।

न्याय प्रणालीसम्बन्धी प्रतिवेदनमा दलहरुबीच सामान्य मतमतान्तर देखिए पनि कार्यदलका सबै  प्रतिवेदनलाई २८ राजनीतिक दलको बैठकले अनुमोदन गरेको नेता लेखकले बताए ।

आजैको बैठकबाट दलहरुबीच विगतमा सहमति हुन नसकेका ८३ वटा विषयलाई सहमतिका लागि नयाँ संविधानको नाम के राख्ने भन्ने विषयबाट प्रारम्भ भएको उनले वताए  ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले उच्चस्तरीय कार्यदलमा भएको सहमतिलाई टुङ्ग्याउने काम २८ राजनीतिक दलको बैठकले गरेको बताए  ।

एनेकपा (माओवादी)का सचेतक पोष्टबहादुर बोगटीले विभिन्न विषयगत समितिका प्रतिवेदनमा सहमति हुन बाँकी ८३ वटा विषयलाई शासकीयस्वरुप समितिको प्रतिवेदनबाट आरम्भ गर्ने जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %