माओवादी निकट मजदुरको हड्तालका कारण मेचीको जनजिवन प्रभावित

Read Time:1 Minute, 49 Second

झापा (काँकडभिट्टा), २१ पुस

माओवादी निकट अखिल नेपाल यातायात मजदुर सङ्घले गरेको अनिश्चितकालीन हड्तालका कारण झापामा निजी तथा सार्वजनिक यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ ।

गत साउन १० गते मेचीनगर–११ प्यारीभिट्टाकी एक महिलालाई ठक्कर दिएपछि पक्राउ परेका मे१ज ९०७ नं का बसचालक सूर्य दङ्गाललाई विनाशर्त रिहाई गर्नुपर्ने माग गर्दै नेपाल यातायात मजदुर सङ्घले हड्तालको आह्वान गरेको हो । दङ्गाल जिल्ला कारागार झापामा छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार हिजोराति ८ बजे काँकडभिट्टाको कालीखोलामा मेची अञ्चल अस्पतालको बिरामी बोकेको एम्बुलेन्समाथि बन्दकर्ताहरुले आक्रमण गरेका छन् भने सोही स्थानमा बा५च १०२७ नंको मारुती भ्यानमा समेत तोडफोड भएको छ । तोडफोडमा संलग्न चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बन्दकर्ताले राजमार्गका विभिन्न ठाउँमा अवरोध राखेर यातायातका साधन अवरुद्ध गरेका छन् । धुलाबारीमा बन्द गराउँदै हिँडेका सातजना यातायात मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बन्दका कारण पूर्वी नाका भएर नेपाल प्रवेश गरेका पर्यटक तथा यात्रीहरु काँकडभिट्टामा अलपत्र परेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %