पुनहरु मगर होइनन् भन्ने सानो दिमाग भएका हरुलाई पत्र ……

Read Time:4 Minute, 39 Second

यो स्वार्थि अहमबादी सरकारले त जनजातिहरुलाई उत्थान होइन बिनाश गर्न लागि परेको बेला त्यही ब्यक्तिहरुको समुहमा बिन्ति चढाउदै इतिहास मेटाउने दुस्प्रयाश गरेको देख्दा र सुन्दा म त अचम्मित परेको छु ।

बिल पुर्जा पुन

केहि नगन्य पुनहरुले आफुहरु मगर नभएको दाबी गरेको बेफजुलको कुरा सुनियो । (उही अहिले सम्म दमन गर्दै आएको हुनाले पहिचान नै गुमाई सकेका अवस्थामा केहि बचे खुचेको छन् त्यसको संरक्षण गर्नुको सट्टा-पुन लाई छुट्टै पहिचान चाहियो भन्दै ) बाघले सिकार खोजि रहेको अबस्थामा झन् बाघलाई सुम्सुम्याउन जाने निर्णय गरेको खबर सुने ।

सक्छौ समर्थन गर सक्दैनौ बिरोध नगर भनेर दस्तावेजको अन्तिम वाक्य पढे । यहाँ म के भन्न चाहन्छु भने यदि तिमीसंग साँच्चीकै पुनहरुको रगतको नाताले छोएको छ र पुन भन्ने सब्द प्रति गर्व लागेर शिर नै ठाडो गरि गौरव गर्ने क्षमता र दिमागले भरिपूर्ण छौ भने मगर शब्दलाई हटाएर होइन आफ्नो पुन समूदाय भित्र भएको अशिक्षालाइ १००५ शिक्षित बनाउने टार्गेट गर्नु र लाखौ युवाहरु विदेशिने चलनको अन्त्य गर्ने र स्वदेशमैरोजगारको अबसर दिने चेतना दिन तिर अगाडी बढ । गरिबी पुनहरुको गरिवी हटाइ स्वस्थ र सभ्य समाज निर्माण गर्न लाग । आत्मनिर्भर भै अगाडी बढ्ने क्षमता को विकास गर्नमा जोड देउ ।
राजनैतिक चेतनाको अभिबृद्धि गर्दै सहि र सक्षम बनी सहि विश्लेषण र मूल्याँकन मुल्यांकन गर्न सिकाउ । रितिरिवाज , भेष-भुषा, संस्कृति , चाल-चलन जस्ता पुर्खाको चिनोहरुलाई बैज्ञानिक तबरले अध्ययन गर्न सम्पूर्ण पुनहरुमा सचेतना फैलाऊ ।  समयको माग अनुरुप आफ्नो दिमाग चलाउन सिक्नुहोला । राम्रो र भलाइ हुने काम गर्दा कसैले पनि बिरोध गर्दैनन् । बिनाकारण नेपाली राजनैतिक हैजाको किटाणुले छोई सकेकाहरुको कुराको पछाडी लागेर आफ्नो घरमा आगो सल्काउने मुर्खता नगर्नु नै बुद्दिमानी हुने छ । त्यो हैजाको किटाणुलाई जबर्जस्ति आफ्नो घरमा नहुल्नु होला । बरु आफै उपचार गर्ने उपाय तिर लागे कसो होला !
अर्को दस्ताबेजमा के पनि पाए भने अरु मगरहरुले – मगर संघ लाइ पनि आरोप लगाइएको रहेछ , तिमीहरुलाई भाषा आउदैन मगर होइन भन्ने सब्दबाट म पनि अछुतो छैन तर म त उनीहरु संग भन्छु ‘यो मगर शब्द कसैको बाउको पेवा र सम्पत्ति होइन’ यो त इतिहाँसले नै देखाउछ । आफ्नो भाषा किन बोलिएन यो त सबैलाई थाहा भएकै कुरा हो र कुनै एक अहमबादी भावनाले प्रेरित व्यक्तिले त्यसो भन्यो भन्दैमा पछाडी हट्नु भनेको त पछाडी दिमाग भएकाले गर्छन् । अर्थात् दिमाग नै नहुनेले गर्छन् । कसैले त्यसो भनेको छ भने त हामी त्यसको समाधान गर्न तिर अगाडी बढ्नु पर्छ नकी आफुले पाएको इतिहाँसलाई मेटाउन ।
कृपया राम्ररी सोच्नु होला । त्यस्तो मुर्खता काम गरेर आफ्नो खुट्टामा आफैले बन्चरोले नहान्नु होला । कृपया आफ्नो पुनहरुको उत्थान र एकता चाहेको हो भने टुक्रा -टुक्रा हुने काम गरेर होइन एकता भएर आफ्नो जातिलाई शिक्षित र सक्षम बनाउन तिर लाग्नु होला । महाबिर पुनको महान कामको अनुसरण गर्नु होला भन्ने मेरो बिनम्र अनुरोध छ ।

तपाईकै
Bill purja <purjabill@googlemail.com>

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %