वुटवल , २० पुस
रुपन्देहीमा बुधवार ट्याक्टरले साईकल यात्रीलाई ठक्कर दिदा एक युवतीको ज्यान गएको छ ।
दुधराक्ष–१, भाटाचौरमा दक्षिणबाट महेन्द्र राजमार्ग तिर आउदै गरेको लु २ प १६३५ नं. ट्याक्टरले सोही दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदा २६ वर्षिय जमुना पंगेनीको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।