अनमिन फिर्तापछि पनि विशेष समितिका कामलाई सहयोग गर्न प्रधानमन्त्री नेपालको माओवादी अध्यक्षलाई आग्रह

Read Time:2 Minute, 19 Second

काठमाडौँ, २१ पुस

प्रधानमन्त्री माधवकुमार नेपाल र एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटघाट भएको छ ।

भेटका अवसरमा उनीबीच समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री नेपालले राष्ट्रसङ्घीय मिसन अनमिन गएपछि माओवादी सेनाका लडाकूहरुको रेखदेख, समायोजन र पुनःस्थापनाका लागि विशेष समितिमार्फत संरचना निर्माण गर्न ढिलो भइरहेकाले त्यसमा सहयोग गर्न आग्रह गरेका थिए ।
‘चार महिना पहिले नै तपाईं र मेरोबीचमा भएको लिखित समझदारीअनुरुप अहिले अनमिन बिदा हुँदैछ । विशेष समितिले बाँकी जिम्मेवारी निर्वाह गर्ने सहमति पनि भइसकेको छ । यसका लागि कार्यविधि, आचारसंहितालगायतका आवश्यक दस्तावेजहरु पनि बनिसकेका छन् । अब यसलाई कार्यान्वयन गर्नका लागि सहयोग गर्न आवश्यक छ ।’उनले भने

जवाफमा अध्यक्ष दाहालले आफू पनि छिटो शान्तिप्रक्रिया निष्कर्षमा पुगोस् र संविधान निर्माण होस् भन्ने पक्षमा रहेको जानकारी दिँदै त्यसका लागि तीनदलको बैठक आयोजना गर्न आग्रह समेत गरे ।

यसअघि प्रधानमन्त्री नेपालले मङ्गलबार साँझ एमाओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईसँग पनि सोही विषयमा कुराकानी गरेका थिए ।

प्रधानमन्त्री नेपालले आजै दिउँसो १ बजे यस सम्बन्धमा छलफल गर्नका लागि विशेष समितिको बैठक बोलाइएमा  विशेष समितिका सदस्य वर्षमान पुनले आफू भारत भ्रमण जान लागेकाले आफू आएपछि बोलाउन आग्रह गरेअनुसार बैठक स्थगित भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %