२७ दलको वैठकद्धारा तीन समितिका प्रतिवेदन अनुमोदन

Read Time:2 Minute, 45 Second

काठमाडौँ, २० पुस

संविधानसभामा प्रतिनिधित्व गर्ने २७ राजनीतिक दलको आजको बैठकले संविधान लेखनका सन्दर्भमा गठन भएको कार्यदलले तीनवटा समितिका प्रतिवेदनमा गरेको प्रगतिलाई अनुमोदन गरेको छ ।

बैठकले संविधानसभाअन्तर्गतका मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति, राष्ट्रिय हितको संरक्षण समिति र सांस्कृतिक, सामाजिक ऐक्यबद्धताको आधार निर्माण समितिका प्रतिवेदनलाई जस्ताकोतस्तै रूपमा अनुमोदन गरेको नेपाली काँग्रेसका नेता रमेश लेखकले जानकारी दिए  ।

भोलिको बैठकमा संवैधानिक समितिको प्रतिवेदनमाथि छलफल हुने र त्यसलाई भोलि नै टुङ्ग्याउने उनले बताए  ।

एनेकपा (माओवादी) का नेता देव गुरुङले आजको बैठकमा कार्यदलबाट प्राप्त भएका विषयमा भएको छलफलमा खासै मतभिन्नता नदेखिएकाले मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिका प्रतिवेदन हुबहु रूपमा अनुमोदन भएको छ भने ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बैठकमा प्रस्तुत भएका विषयमा खासै विवाद नभएकाले एकमतका आधारमा निर्णय भएको भए पनि नेपाली भाषालाई कामकाजको भाषा बनाइनुपर्ने र अन्य भाषालाई राष्ट्रिय भाषाका रूपमा मान्यता दिइनुपर्ने तथा ती विषयको छिनोफानोका लागि भाषा आयोग गठन हुनुपर्ने मतले बैठकमा प्रवेश पाएको बताए  ।

नेमकिपाका नेता सुनील प्रजापतिले बैठकले मौलिक अधिकार तथा निर्देशक सिद्धात समितिको प्रतिवेदनका बारेमा कार्यदलले गरेको प्रगतिलाई अनुमोदन गरेको जानकारी दिँदै सम्पत्तिको हदबन्दी, भूमिको हदबन्दी र हदबन्दीभन्दा बढी रहेको जमिन राज्यले लिँदा क्षतिपूर्ति दिइनु पर्नेजस्ता पनि छलफलको विषय बनेको उल्लेख गरे ।

कार्यदलले सहमति गरेको १२७ वटा बुँदा माथिको छलफल भोलिको संवैधानिक समितिको छलफलपछि समाप्त हुनेछ ।

त्यसपछि २७ दलको बैठक कार्यदलले सहमति जुटाउन नसकेका ८३ वटा विवादित बुँदामा प्रवेश गर्नेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %